29
Apr
चियाबारीदेखि वन क्षेत्रसम्म। रेडियो स्टेशनदेखि नेताजीको सम्झनाले भरिएको घरसम्म। यस्तै ह्वाइट अर्किड भूमि खरसाङलाई विश्वका पर्यटकहरूका सामु प्रस्तुत गर्न दार्जीलिङ हिमालयन रेलवे र वन विभागले पहल गरेका छन्। मङ्गलवार तिनीहरूले संयुक्त रूपमा तीन दिने विशेष भ्रमणको आरम्भ गरेका छन्। यसमा देशका विभिन्न क्षेत्रबाट आएका 15 जना टुर अपरेटर सहभागी भएका छन्। डीएचआरका निर्देशक ऋषभ चौधुरीले भने, विश्वको पर्यटन नक्सामा खरसाङलाई लोकप्रिय बनाउनकै लागि यो पहल गरिएको हो।दार्जीलिङ जिल्लाका दर्शनीय स्थानहरूमध्ये खरसाङ पहाड़ एक प्रमुख गन्तव्य हो। यहाँ दार्जीलिङ हिमालयन रेलवे मुख्यालय, टोय ट्रेनको कारशेड, सङ्ग्रहालयदेखि डाउहिल वन, रेडियो स्टेशन रहेका छन्। पहाड़भरि फैलिएका विशाल चियाबारीहरू छन्। चारैतिर हरियाली देखिन्छ। डाउहिल…
