युनाईटेड खरसाङ फुटबल क्लबका गोल किपर रुपक कोयाले दिल्ली फुटबल क्लब को तरुण संघमा सामेल हुन खरसाङबाट प्रस्थान गरेका छन्। उनलाई युकेएफसीका पदाधिकारीहरुले सम्मानसहित बिदाई गरेका छन्। उक्त अवसरमा युकेएफसीका सभापति क्यानट लेप्चा, कोच युगेन लामा, टिम म्यानेजर उज्वल लामा, मेघराज छेत्री र गोपाल छेत्री उपस्थित भएर मायाको चिनो प्रदान गर्दै सम्मानसहित बिदाई गरिएको छ। गोल किपर रुपक कोयाले लामो समयदेखि युकेएफसीमा रहेर विभिन्न स्थानहरुमा विभिन्न प्रतिष्ठित फुटबल टुर्नामेन्टहरु जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक, सिलगढी, सिक्किम, नेपाल लगायत विभिन्न स्थानहरुमा युकेएफसीको तर्फबाट खेल्दै विभिन्न फुटबल टुर्नामेन्टहरु जिताउन महत्वपूर्ण योगदान दिएका थिए। अब उनी प्रिमियर लिगको लागि दिल्लीको तरुण संघमा सामेल हुन गईरहेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युकेएफसीको तर्फबाट गोपाल छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।
युकेएफसीका गोलकिपर रुपक कोयाको दिल्ली प्रस्थान, तरुण संघमा भए आबद्ध
