16
Mar
मुख्यमन्त्री ममता ब्यानर्जीले बाँकी महँगी भत्ता (डीए) घोषणा गरेपछि राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका, शिक्षाकर्मी, पञ्चायत तथा नगरपालिका कर्मचारीहरूबीच उत्साह देखिएको छ। तर यस विषयमाथि भाजपा तथा वाममोर्चाका सरकारी कर्मचारी र शिक्षक सङ्गठनहरूले व्यङ्ग्य गरेका छन्। मुख्यमन्त्रीको घोषणापछि आज सोमवार राज्य सरकारका विभिन्न विभागहरूमा तृणमूल राज्य सरकारी कर्मचारी फेडेरेशनको जिल्ला नेतृत्वले मिठाई बाँड़ेर उत्सव मनाउने तयारी आरम्भ गरेको छ।फेडेरेशनका जिल्ला अध्यक्ष चिरञ्जीव मिश्रले भने, मुख्यमन्त्री राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका तथा पञ्चायत र नगरपालिका कर्मचारीहरूको हितमा रहेकी हामी सधैँ भन्दै आइरहेका छौँ। तर तिनको सदिच्छा भए पनि केन्द्रबाट राज्यप्रति भइरहेको आर्थिक वञ्चनाका कारण महँगी भत्ताको बाँकी रकम भुक्तान गर्न राज्य सरकारका लागि…
