West Bengal

घरकै सिलिण्डरले मिड डे मिल

घरकै सिलिण्डरले मिड डे मिल

ग्यास नपाएपछि खोरीबारी हाई स्कूलमा स्वयं स्वनिर्भर समूहका महिलाहरूले घरबाट सिलिण्डर ल्याएर मिड डे मिल पकाइरहेका छन्। यस्तै अवस्थाका कारण सिलगढ़ी शहरका विभिन्न विद्यालय, माँ क्याण्टिन, अस्पताल तथा सरकारी कार्यालयका क्याण्टिनहरू पनि यसै गरी सञ्चालन गरिँदैछ। यस्तो परिस्थितिमा आज शुक्रवार सिलगढ़ी नगर निगमले ग्यास एजेन्सीहरूसित बैठक बस्दैछ। अवस्थाको समीक्षा गरेपछि आवश्यक कदम चालिने आश्वासन दिइएको छ।सिलगढ़ी महकुमामा खाना पकाउने ग्यासको तीव्र अभावका कारण खोरीबारी हाई स्कूल प्रभावित भएको छ। विद्यालय सूत्रअनुसार दैनिक पाँचौँदेखि आठौँ कक्षासम्म 625 विद्यार्थीहरूले मिड डे मिल खान्छन्। यसका लागि हप्तामा दुईवटा अर्थात् महीनामा आठवटा सिलिण्डर आवश्यक पर्छ। दुई दिनअघि स्थानीय एजेन्सीसित सम्पर्क गर्दा पनि स्वयं स्वनिर्भर…
Read More
ग्यास अभावले मिड–डे मिल बन्द

ग्यास अभावले मिड–डे मिल बन्द

पश्चिम एसियामा भइरहेको युद्धको प्रभाव अहिले प्रत्यक्ष रूपमा गौड़ बङ्गका विद्यालयहरूमा देखिन थालेको छ। मिड–डे मिल पकाउन प्रयोग हुने ग्यास तीव्र रूपमा सकिँदै गएको छ। केही विद्यालयहरूमा त ग्यास पहिले नै सकिएको छ। त्यसकारण विद्यार्थीहरूलाई ड्राई फ्रुट्स वितरण गरिँदैछ। परिस्थितिले जुन दिशा लिइरहेको छ त्यसले आपतकालीन रूपमा एलपीजी सिलिण्डर जुटाइए पनि कति दिनसम्म पुग्ने हो भन्ने चिन्ता प्राथमिक तथा उच्च प्राथमिक विद्यालयका शिक्षक–शिक्षिकाहरूमा बढ्दै गइरहेको छ। शिक्षा प्रशासनका अधिकारीहरू पनि सचेत भएका छन्। विद्यालयहरूमा मिड–डे मिलका लागि प्रयोग हुने इन्धन ग्यासको अवस्था कस्तो छ भन्ने विषयमा गौड़ बङ्गका तीनवटै जिल्लामा खोजबिन आरम्भ गरिएको छ। आज दक्षिण दिनाजपुरको बालुरघाट हाई स्कूलमा…
Read More
वर्षा नहुँदा जल्दापाड़ा मरुभूमि झैँ!

वर्षा नहुँदा जल्दापाड़ा मरुभूमि झैँ!

चारैतिर जति टाढ़ासम्म आँखा पुग्छ केवल सुक्खा र रुखोपनको छाप देखिन्छ। एक समय हरियालीले ढाकिएको जलदापाड़ा राष्ट्रिय निकुञ्जको विशाल घाँसको मैदान अहिले सुकेर लगभग मरुभूमि जस्तै बनेको छ। एकातिर प्राकृतिक विपत्तिका कारण आएको बाढ़ीले ल्याएको पली माटोले विशाल क्षेत्रका घाँसहरू पुरिएका थिए जसले आजसम्म पनि बिहानको घाम देख्न पाएका छैनन्। त्यसमा घाउमाथि नुन छर्केझैँ लामो खड़ेरीले थप चोट पुर्यामएको छ। जहाँ बाढ़ीको पली पुगेन त्यहाँ पनि पानीको अभावका कारण घाँस काठझैँ सुकिसकेको छ। सामान्यतः अन्य वर्षहरूमा यस समयसम्म कम्तीमा केही चरणमा राहत दिने वर्षा भइसकेको हुन्छ। तर यस वर्षको अवस्था पूर्ण रूपमा फरक छ। गत वर्षको अक्टोबर 5 पछि यस…
Read More
बंगालमा मौसम परिवर्तन: उत्तरदेखि दक्षिण बंगालसम्म वर्षाको चेतावनी, गर्मीबाट राहत

बंगालमा मौसम परिवर्तन: उत्तरदेखि दक्षिण बंगालसम्म वर्षाको चेतावनी, गर्मीबाट राहत

पछिल्लो मौसम पूर्वानुमान अनुसार, पश्चिम बंगालका विभिन्न भागहरूमा बीच-बीचमा हल्का वर्षाले गर्मीबाट राहत दिएको छ। फाल्गुनको प्रस्थान र चैत्रको सुरुवातसँगै भएको यो परिवर्तनले टाँसिने गर्मीलाई कम गरेको छ, यद्यपि हावामा आर्द्रता कायमै छ। अलिपुर मौसम विभागले भनेको छ कि कोलकाता सहित दक्षिण बंगालका धेरै जिल्लाहरूमा अर्को मंगलबारसम्म छिटपुट वर्षा जारी रहन सक्छ। आज कोलकाता, साथै हावडा, हुगली, पुरुलिया, बांकुरा, पूर्व र पश्चिम वर्धमान, वीरभूम र मुर्शिदाबादमा वर्षा हुने अनुमान गरिएको छ। दक्षिण बंगाल जिल्लाहरूमा न्यूनतम तापक्रम अपरिवर्तित रहनेछ, तर दिनको तापक्रम २ देखि ३ डिग्रीले बढ्न सक्छ। यद्यपि, तीन दिन पछि पारा फेरि घट्ने अनुमान गरिएको छ। आज अधिकतम तापक्रम…
Read More
ग्यासको मूल्यवृद्धि र अभावबारे मन्त्री पाँजाद्वारा आलोचना

ग्यासको मूल्यवृद्धि र अभावबारे मन्त्री पाँजाद्वारा आलोचना

एकातिर खाना पकाउने एलपीजीको मूल्य बढ़ेको छ। त्यसमाथि सिलिण्डर बूक गरेपछि कहिले आउने हो भन्ने पनि कुनै निश्चित छैन। इरानको सङ्घर्षपूर्ण परिस्थितिले व्यावसायिक एलपीजी सिलिण्डरमा अभाव देखिएको छ। तेल कम्पनीहरूले सिलिण्डर आपूर्तिमा अनिश्चित समयका लागि लगाम लगाएका छन्। यस्तो परिस्थितिमा विभिन्न जिल्लामा समस्या देखिएको छ। होटल–रेस्टुरेण्टदेखि घरको भान्सासम्म सबै ठाउँमा उस्तै अवस्था छ। बारम्बार ग्यास डिष्ट्रिब्युटर कार्यालयमा आए पनि समस्याको कुनै समाधान नभएको ग्राहकहरूको गुनासो छ। अचानक बुकिङको सङ्ख्या निकै बढ़ेपछि अवस्था अझ जटिल बनेको छ। पहिले जहाँ एउटा सेण्टरमा दिनमा लगभग 400 वटा बूकिङ हुन्थ्यो अहिले त्यो सङ्ख्या बढ़ेर हजारभन्दा अधिक पुगेको सूत्रले जनाएको छ।यद्यपि फोन गरेर कम्पनीको एप,…
Read More
एसआईआरसितै बाँकी रकम पनि टाउको दुखाइ!

एसआईआरसितै बाँकी रकम पनि टाउको दुखाइ!

एसआईआर मात्र होइन पहाड़ जत्रै बाँकी रकमको दबाउ अहिले कोचबिहार जिल्ला प्रशासनका लागि टाउको दुखाइको कारण बनेको छ। केही दिनअघि माइक्रो–अब्जर्भरहरूको बाँकी होटल बिलले अलिपुरद्वारको फालाकाटा ब्लक प्रशासन समस्यामा परेको थियो। बाँकी रकमबारे लिखित उजुरी गरेपछि यो विषय सार्वजनिक भएको थियो। अनुहार जोगाउन हतार–हतार पैसा तिरिएको थियो। कोचबिहारमा अहिलेसम्म लिखित उजुरी नभए पनि प्रशासनमाथि पर्याप्त दबाउ रहेको छ।नाम सार्वजनिक गर्न नचाहने एक अधिकारीअनुसार, पछिल्ला केही महीनादेखि बीडीओ र एसडीओ कार्यालयहरूमा एसआईआरको कार्य तीव्र रूपमा चलिरहेको छ। उक्त कार्यका लागि ठूलो मात्रामा कागज–कलम खरीद, प्रिण्टिङ र फोटोकपी गर्नु परेको छ। यसबाहेक अब्जर्भर र माइक्रो–अब्जर्भरहरूलाई बस्न विभिन्न भवन र होटल भाड़ामा लिनु…
Read More
उत्तर बङ्गालको पर्यटनमा नयाँ दिशा खोज्दै राज्य

उत्तर बङ्गालको पर्यटनमा नयाँ दिशा खोज्दै राज्य

उत्तर बङ्गालमा अझ नयाँ–नयाँ पर्यटन स्थलहरू खोज्ने कार्यमा पर्यटन विभागले जोड़ दिइरहेको छ। प्रत्येक पर्यटन केन्द्रसित सड़क सम्पर्क सुधार गर्ने निर्णय पनि गरिएको छ। साथै आम्दानी बढ़ाउन सरकारी पर्यटन आवासहरूलाई वेडिङ डेस्टिनेशनको रूपमा अझ व्यापक रूपमा प्रचार–प्रसार गर्ने निर्णय पनि राज्यको पर्यटन विभागले गरेको छ। सिलगढ़ीमा पर्यटन व्यवसायीहरूसित गरिएको छलफलपछि राज्यको पर्यटन विभागका अतिरिक्त मुख्य सचिव वरुण रायले यस्तो जानकारी दिएका हुन्। वरुण रायले भने, भारत सरकारको तथ्याङ्कअनुसार गत वर्ष पश्चिम बङ्गालमा 31 लाख विदेशी पर्यटकहरू आएका थिए। यसबाट राज्यको पर्यटनप्रति विश्वभरका मानिसहरूको चासो बढ्दै गइरहेको प्रमाणित हुन्छ। तिनले भने, ‘गजलडोबा पर्यटन स्थललाई अझ लोकप्रिय बनाउन सौन्दर्यीकरणको पहल भइरहेको छ।…
Read More
बसिरहाटमा ग्यास संकटले विनाश निम्त्यायो: इजरायल-इरान युद्धको प्रभावले ३,००० मध्ये ५०० अटोहरू सडकमा बाँकी छन्, कालोबजारी बढ्दै छ

बसिरहाटमा ग्यास संकटले विनाश निम्त्यायो: इजरायल-इरान युद्धको प्रभावले ३,००० मध्ये ५०० अटोहरू सडकमा बाँकी छन्, कालोबजारी बढ्दै छ

इजरायल र इरानबीच जारी युद्धले अब उत्तर २४ परगना जिल्लाको बसिरहाट उपविभागको यातायात प्रणालीमा विनाशकारी प्रभाव पारिरहेको छ। व्यावसायिक ग्यासको अभाव र आकाश छोएको मूल्यले हजारौं परिवारको जीविकोपार्जनलाई खतरामा पारेको छ। अवस्था यस्तो छ कि बसिरहाट र सुन्दरवन बीचका विभिन्न मार्गहरूमा चल्ने ३,००० अटोहरूमध्ये अहिले ५०० मात्र सडकमा छन्। अटो चालकहरूका अनुसार व्यावसायिक ग्यासको आपूर्ति पूर्ण रूपमा ध्वस्त भएको छ। पहिले प्रति किलो ७२ रुपैयाँ पर्ने ग्यास अहिले प्रति किलो १३० रुपैयाँ पुगेको छ। विगत ४८ घण्टामा, ग्यासको अभावका कारण लगभग २००० देखि २५०० अटोरिक्साहरू सडकबाट बाहिरिएका छन्। ग्यास संकटको फाइदा उठाउँदै यस क्षेत्रमा कालोबजारी सुरु भएको छ। अटो चालकहरूले…
Read More
मार्च १४ मा ब्रिगेड मैदानमा प्रधानमन्त्री मोदीको मेगा र्‍याली, एसपीजीले सुरक्षा तयारीको समीक्षा गर्‍यो

मार्च १४ मा ब्रिगेड मैदानमा प्रधानमन्त्री मोदीको मेगा र्‍याली, एसपीजीले सुरक्षा तयारीको समीक्षा गर्‍यो

मार्च १४ मा कोलकाताको ऐतिहासिक ब्रिगेड परेड मैदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको विशाल सार्वजनिक र्‍यालीको तयारी तीव्र गतिमा भइरहेको छ। यो उच्च प्रोफाइल र्‍यालीको लागि कडा सुरक्षा व्यवस्था गरिएको छ। बुधबार, प्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी पाएका एसपीजी अधिकारीहरूले ब्रिगेड मैदानको भ्रमण गरे र सुरक्षा व्यवस्थाको नजिकबाट निरीक्षण गरे। एसपीजी अधिकारीहरूले स्थलको प्रत्येक इन्च निरीक्षण गरे। मञ्चको उचाइ, प्रवेश र निकास गेट र प्रधानमन्त्रीको काफिलाको मार्गको बारेमा विस्तृत योजनाहरू तयार पारिएको छ। सुरक्षाको सम्बन्धमा वरिष्ठ राज्य प्रहरी अधिकारीहरूसँग समन्वय बैठक पनि गरिएको छ। र्‍यालीको दिन सम्पूर्ण क्षेत्रलाई 'नो-फ्लाई जोन' घोषित गर्न सकिन्छ। आगामी चुनावलाई ध्यानमा राख्दै, भाजपाले यो र्‍यालीलाई ऐतिहासिक बनाउन कुनै कसर…
Read More
मिड–डे मिलमा विसङ्गति

मिड–डे मिलमा विसङ्गति

बालकबालिकाको पोषणलाई ध्यानमा राख्दै मिड–डे मिलमा सामान्य खानासितै हप्तामा अतिरिक्त एउटा अण्डा वा मौसमी फल दिने राज्य शिक्षा विभागले निर्देशन दिएको थियो। निर्देशनअनुसार मिड–डे मिलअन्तर्गत प्रत्येक विद्यार्थीलाई 12 वटा अण्डा वा मौसमी फल दिन भनिएको थियो। यसका लागि प्रति विद्यार्थी थप 8 रुपियाँ छुट्याइएको थियो। अर्थात् 12 वटा अण्डा वा फलका लागि प्रति विद्यार्थी 96 रुपियाँ छुट्याइएको थियो। सबै मिलाएर 31 मार्चभित्र बालक-बालिकालाई यो अतिरिक्त खाना वितरण पूरा गर्न भनिएको थियो। त्यसअनुसार राज्यमा मिड–डे मिलअन्तर्गत रहेका 81 लाख 19 हजार 415 जना विद्यार्थीहरूका लागि मोठ 77 करोड़ 94 लाख 64 हजार रुपियाँ छुट्याइएको थियो। 9 फरवरी जारी गरिएको उक्त निर्देशनको…
Read More