West Bengal

मुर्शिदाबादमा दुईवटा हतियार र तीनवटा जीवित कारतूससहित युवक पक्राउ; मालदा समसेरगंज

मुर्शिदाबादमा दुईवटा हतियार र तीनवटा जीवित कारतूससहित युवक पक्राउ; मालदा समसेरगंज

मुर्शिदाबाद जिल्लाको समसेरगंज प्रहरी चौकीको प्रहरीले द्रुत गतिमा कारबाही गर्दै अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। मंगलबार साँझ धुलियान नगरपालिकाको वडा नम्बर १९ को काला बागान गंगा घाट क्षेत्रबाट ती युवकलाई पक्राउ गरिएको थियो। प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवकको पहिचान मालदा जिल्लाको वैष्णवनगर प्रहरी चौकी अन्तर्गत नन्दलालपुर गाउँका विकास मण्डलको रूपमा गरिएको छ। सूचनाको आधारमा समसेरगंज प्रहरी चौकीको टोलीले मंगलबार राति छापा मारेको थियो। शंकास्पद अवस्थामा घुमिरहेका विकासलाई रोकेर खोजी गरिएको थियो। उनीबाट दुईवटा हतियार (बन्दुक) र तीनवटा जीवित कारतूस बरामद गरिएको थियो। प्रहरीले सुरुमा यी हतियार तस्करी गर्ने उद्देश्यले आरोपी मालदाबाट फेरी घाट हुँदै समसेरगंज पुगेको आशंका…
Read More
मुर्शिदाबादमा हिजो राति ताजा बमले भरिएको झोला फेला पर्यो, प्रहरीले अनुसन्धान गरिरहेको छ

मुर्शिदाबादमा हिजो राति ताजा बमले भरिएको झोला फेला पर्यो, प्रहरीले अनुसन्धान गरिरहेको छ

मंगलबार राति मुर्शिदाबाद जिल्लाको फरक्का प्रहरी चौकी अन्तर्गत भवानीपुर क्षेत्रमा ताजा बमले भरिएको झोला फेला परेपछि हंगामा मच्चियो। सूचनाको आधारमा कारबाही गर्दै फरक्का प्रहरीले यी बमहरू बरामद गरेको छ। प्रहरी स्रोतका अनुसार शंकास्पद झोलाको बारेमा जानकारी पाएपछि प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुग्यो। खोजी गर्दा झोला भित्रबाट धेरै ताजा बमहरू बरामद भए। प्रहरीले तुरुन्तै क्षेत्रलाई घेराबन्दी गरी सुरक्षा कडा पारेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले यी बमहरू त्यहाँ नराम्रो उद्देश्यले राखिएको आशंका गरेको छ। बमहरूलाई सुरक्षित रूपमा निष्क्रिय पार्न बम स्क्वाडलाई खबर गरिएको छ। यो घटनापछि सम्पूर्ण क्षेत्रमा तनावपूर्ण वातावरण छ। यद्यपि, यो घटनाको पछाडि को छ भन्ने कुरा अझै स्पष्ट…
Read More
एसएसबीद्वारा शहीद योगराज शर्माको स्मृतिमा श्रद्धाञ्जली अर्पण

एसएसबीद्वारा शहीद योगराज शर्माको स्मृतिमा श्रद्धाञ्जली अर्पण

आठौँ वाहिनी सशस्त्र सीमा बल खोप्रेलमा वीर सपूत शहीद योगराज शर्माको पुण्यतिथिको अवसरमा एक विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो। द्वितीय कमाण्ड अधिकारी सोमनाथको नेतृत्वमा वाहिनी परिसरमा सैनिक सम्मानका साथ शहीद स्मारकमा पुष्प गुच्छ अर्पण गरी तिनको बलिदानको स्मरण गरियो। यस अवसरमा शहीद शर्माको सम्झनामा दुई मिनट मौन धारण गरियो।कार्यक्रमलाई सम्बोधन गर्दै सोमनाथले बलका कर्मचारीहरूलाई यस दिनको ऐतिहासिक महत्त्वबारे जानकारी गराए साथै शहीद योगराज शर्माले सन् 1998 मा जम्मू-कश्मीरको चुनौतीपूर्ण अवस्थामा देखाएका साहसको चर्चा गरे। मार्च 1998 मा सशस्त्र सीमा बलको सी-कम्पनीको एउटा टोलीलाई रजौरी जिल्लाको थानामण्डी सर्कलअन्तर्गत हास्प्लोट (मोराकारा) गाउँमा चिकित्सा नागरिक कल्याण शिविर सञ्चालन गर्न खटाइएको थियो। 90 को…
Read More
पानीले आलु खेती नष्ट

पानीले आलु खेती नष्ट

राजगञ्ज क्षेत्रमा पानीले खेत डुबाएपछि आलु खेती गर्ने किसानहरूले ठूलो क्षति ब्योहोर्नु परेको छ। लगभग पाँच बिघा क्षेत्रमा लगाइएको आलुको खेती पूर्ण रूपमा नष्ट भएको बताइएको छ। यो घटना राजगञ्ज ब्लकअन्तर्गत शिकारपुर ग्राम पञ्चायतको नर्थ बेङ्गल फार्म क्षेत्रमा भएको हो।प्राप्त जानकारीअनुसार पछिल्ला दुई दिनदेखि परेको वर्षाको पानीसितै सिँचाइ नहरबाट बगेको पानी कृषक बापी दास अनि निरञ्जन दासको आलु खेतमा पसेको थियो। खेतमा घुँड़ासम्म पानी जम्दा आलु कुहिन थाल्यो र बाली पूर्ण रूपमा नष्ट भयो। पीड़ित किसानहरूले बताएअनुसार तिनीहरूले लगभग तीन महीनाअघि ब्याङ्क तथा साहुकारबाट ऋण लिएर आलु खेती गरेका थिए। यो वर्ष उत्पादन राम्रो हुने आशा गरिएको थियो तर डुबाउका…
Read More
23 अप्रेल पहिलो चरणमै उत्तर बङ्गालमा चुनाउ

23 अप्रेल पहिलो चरणमै उत्तर बङ्गालमा चुनाउ

सन् 2021 मा तीन चरणमा भए पनि यसपल्ट उत्तर बङ्गालमा एकै चरणमा चुनाउ हुने भएको छ। 23 अप्रेल पहिलो चरणमा राज्यका 16 जिल्लाका 152 वटा आसनमा चुनाउ हुनेछ, जसमा उत्तरका आठ जिल्लाका ५४ वटा केन्द्र समावेश छन्। आइतवार साँझ चुनाउ आयोगले चुनाउको तालिका घोषणा गर्ने बित्तिकै हिलीबाट हल्दीबारीसम्म सबै ठाउँमा दक्षिणपन्थी–वामपन्थी सबै पक्ष कम्मर कसेर मैदानमा उत्रिएका छन्। उम्मेद्वारको सूची घोषणा नभए पनि भित्ते लेखन आरम्भ भइसकेको छ। जुलुस र सभामार्फत सत्तारूढ़ पक्ष र विपक्षीहरूले प्रचारलाई तीव्रता दिएका छन्। एसआईआर प्रक्रियाका कारण उत्तरका प्रत्येक जिल्लामा धेरै मतदाताको नाम अदालती विचाराधीन अवस्थामा रहेको छ। अन्तिम मतदाता सूचीबाट हटाइएका हजारौँ मानिसले फेरि…
Read More
डीए प्राप्ति उत्सवको तयारीमा तृणमूल सङ्गठन

डीए प्राप्ति उत्सवको तयारीमा तृणमूल सङ्गठन

मुख्यमन्त्री ममता ब्यानर्जीले बाँकी महँगी भत्ता (डीए) घोषणा गरेपछि राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका, शिक्षाकर्मी, पञ्चायत तथा नगरपालिका कर्मचारीहरूबीच उत्साह देखिएको छ। तर यस विषयमाथि भाजपा तथा वाममोर्चाका सरकारी कर्मचारी र शिक्षक सङ्गठनहरूले व्यङ्ग्य गरेका छन्। मुख्यमन्त्रीको घोषणापछि आज सोमवार राज्य सरकारका विभिन्न विभागहरूमा तृणमूल राज्य सरकारी कर्मचारी फेडेरेशनको जिल्ला नेतृत्वले मिठाई बाँड़ेर उत्सव मनाउने तयारी आरम्भ गरेको छ।फेडेरेशनका जिल्ला अध्यक्ष चिरञ्जीव मिश्रले भने, मुख्यमन्त्री राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका तथा पञ्चायत र नगरपालिका कर्मचारीहरूको हितमा रहेकी हामी सधैँ भन्दै आइरहेका छौँ। तर तिनको सदिच्छा भए पनि केन्द्रबाट राज्यप्रति भइरहेको आर्थिक वञ्चनाका कारण महँगी भत्ताको बाँकी रकम भुक्तान गर्न राज्य सरकारका लागि…
Read More
ग्यास सिलिन्डर संकट: गहिरो समुन्द्रमा जान नसक्ने माझीहरू, ट्रलरहरू अलपत्र पर्ने डर

ग्यास सिलिन्डर संकट: गहिरो समुन्द्रमा जान नसक्ने माझीहरू, ट्रलरहरू अलपत्र पर्ने डर

पश्चिम बंगालको सुन्दरवन क्षेत्रको रायदिघीमा ग्यास सिलिन्डरको गम्भीर अभावले समुद्री माछा मार्नेहरूका लागि ठूलो संकट सिर्जना गरेको छ। सिलिन्डरको उपलब्धताको अभावका कारण धेरै ट्रलरहरू गहिरो समुन्द्रमा माछा मार्ने काममा जान असमर्थ छन्। यो अवस्थाले ट्रलर मालिकहरू र माझीहरूलाई ठूलो आर्थिक तनाव दिएको छ। ट्रलरहरूमा खाना पकाउन सामान्यतया काठ प्रयोग गरिँदैन; सुरक्षा र सुविधाको लागि माछा मार्नेहरूले ग्यास सिलिन्डरहरूमा भर पर्छन्। एउटा ट्रलरले लगभग १५ जना माझी बोक्छ, र उनीहरूलाई एक हप्तादेखि १५ दिनसम्म समुद्रमा बस्नु पर्छ। यो लामो अवधिमा खाना तयार गर्न ग्यास सिलिन्डर आवश्यक छ। सिलिन्डरको अभावका कारण उनीहरूले माझीहरूलाई समुद्रमा पठाउन नसक्ने ट्रलर मालिकहरूले रिपोर्ट गरे। यस्तो अवस्थामा,…
Read More
87 हजारभन्दा बढ़ी विद्यार्थीलाई विभिन्न छात्रवृत्ति

87 हजारभन्दा बढ़ी विद्यार्थीलाई विभिन्न छात्रवृत्ति

आर्थिक रूपमा पछाड़ि परेका परिवारका बालक-बालिकालाई पढ़ाई जारी राख्न सहयोग पुर्यादउने उद्देश्यले जलपाइगढ़ीमा 87 हजारभन्दा बढ़ी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। राज्य सरकारको आदिवासी तथा पछाड़िएको वर्ग कल्याण विभागबाट तिनीहरूले ओएसीस, शिक्षाश्री र मेधाश्री छात्रवृत्ति पाइरहेका छन्। साथै पछाड़ि परेका समुदायका विद्यार्थीहरूले निःशुल्क छात्रावासमा बसेर पढ़ाई गर्न सकून् भन्ने उद्देश्यमा राज्य सरकारले त्यसको पनि व्यवस्था गरेको छ।जलपाइगढ़ी जिल्लामा हाल यस्ता 18 वटा छात्रावास सञ्चालनमा छन्। चाँड़ै नै थप एउटा छात्रावास सञ्चालनमा आउने तयारी भइरहेको छ। छात्रावासमा बस्ने विद्यार्थीहरूको खानपानका लागि राज्य सरकारले प्रत्येक महीना 1800 रुपियाँ उपलब्ध गराइरहेको छ। यसबारे राज्यका आदिवासी तथा पछाड़िएको वर्ग कल्याण मन्त्री बुलुचिक बराइकले भने,…
Read More
घरकै सिलिण्डरले मिड डे मिल

घरकै सिलिण्डरले मिड डे मिल

ग्यास नपाएपछि खोरीबारी हाई स्कूलमा स्वयं स्वनिर्भर समूहका महिलाहरूले घरबाट सिलिण्डर ल्याएर मिड डे मिल पकाइरहेका छन्। यस्तै अवस्थाका कारण सिलगढ़ी शहरका विभिन्न विद्यालय, माँ क्याण्टिन, अस्पताल तथा सरकारी कार्यालयका क्याण्टिनहरू पनि यसै गरी सञ्चालन गरिँदैछ। यस्तो परिस्थितिमा आज शुक्रवार सिलगढ़ी नगर निगमले ग्यास एजेन्सीहरूसित बैठक बस्दैछ। अवस्थाको समीक्षा गरेपछि आवश्यक कदम चालिने आश्वासन दिइएको छ।सिलगढ़ी महकुमामा खाना पकाउने ग्यासको तीव्र अभावका कारण खोरीबारी हाई स्कूल प्रभावित भएको छ। विद्यालय सूत्रअनुसार दैनिक पाँचौँदेखि आठौँ कक्षासम्म 625 विद्यार्थीहरूले मिड डे मिल खान्छन्। यसका लागि हप्तामा दुईवटा अर्थात् महीनामा आठवटा सिलिण्डर आवश्यक पर्छ। दुई दिनअघि स्थानीय एजेन्सीसित सम्पर्क गर्दा पनि स्वयं स्वनिर्भर…
Read More
ग्यास अभावले मिड–डे मिल बन्द

ग्यास अभावले मिड–डे मिल बन्द

पश्चिम एसियामा भइरहेको युद्धको प्रभाव अहिले प्रत्यक्ष रूपमा गौड़ बङ्गका विद्यालयहरूमा देखिन थालेको छ। मिड–डे मिल पकाउन प्रयोग हुने ग्यास तीव्र रूपमा सकिँदै गएको छ। केही विद्यालयहरूमा त ग्यास पहिले नै सकिएको छ। त्यसकारण विद्यार्थीहरूलाई ड्राई फ्रुट्स वितरण गरिँदैछ। परिस्थितिले जुन दिशा लिइरहेको छ त्यसले आपतकालीन रूपमा एलपीजी सिलिण्डर जुटाइए पनि कति दिनसम्म पुग्ने हो भन्ने चिन्ता प्राथमिक तथा उच्च प्राथमिक विद्यालयका शिक्षक–शिक्षिकाहरूमा बढ्दै गइरहेको छ। शिक्षा प्रशासनका अधिकारीहरू पनि सचेत भएका छन्। विद्यालयहरूमा मिड–डे मिलका लागि प्रयोग हुने इन्धन ग्यासको अवस्था कस्तो छ भन्ने विषयमा गौड़ बङ्गका तीनवटै जिल्लामा खोजबिन आरम्भ गरिएको छ। आज दक्षिण दिनाजपुरको बालुरघाट हाई स्कूलमा…
Read More