08
Dec
कांग्रेस सांसद राहुल गान्धीले लोकसभामा कृषि आन्दोलनका क्रममा किसानको मृत्युको मुद्दा उठाएका छन् र सरकारसँग उनीहरूको परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । कृषि ऐन विरुद्धको आन्दोलनका क्रममा लगभग सात सय किसानको मृत्यु भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले देश र किसानसँग माफी मागेका छन्। उनले आफ्नो तर्फबाट गल्ती भएको स्वीकार गरेका छन् । लोकसभामा किसान आन्दोलनमा बोल्दै राहुल गान्धीले भने, ३० नोभेम्बरमा कृषिमन्त्रीलाई सोधियो आन्दोलनमा कति किसान मारिए ? यसको जवाफमा उनले यसबारे मसँग कुनै तथ्यांक नभएको बताए राहुल गान्धीले भने, यदि सरकारसँग कुनै जानकारी छैन भने हामीबाट सूची लिनुहोस् आन्दोलनका क्रममा ज्यान गुमाएका किसानको पूर्ण सूची सदनमा राख्दैछु। राहुल गान्धीले…
