प्रधानमन्त्रीका लागि महामृत्युञ्जय पाठ गराउँछु : मुख्यमन्त्री चन्नी

पञ्जाबमा प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा ध्यान नदिएको मामिला कम हुने नाम लिएको छैन । एकातिर भाजपाले यस मुद्दालाई चुनाउमा पुँजीकरण गर्न खोजेको छ भने कांग्रेस पार्टीले यस मुद्दालाई हरसम्भव रूपमा पछाडि धकेल्न खोजिरहेको छ। अब पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चान्नीले फेरि एकपटक मीडियासितको कुराकानीमा भावुक मुद्दा उठाएका छन् र प्रधानमन्त्रीका लागि म महामृत्युञ्जय पाठ गराउँछु भनेका छन् । उनले फेरि पनि प्रधानमन्त्रीको सुरक्षामा कुनै कमी नभएको बताए ।

पञ्जाबमा चुनाउको मिति घोषणा भएपछि कांग्रेसमा मुख्यमन्त्री पदको उम्मेदवारको नाममा अहिले हंगामा मच्चिएको छ । यसैबीच, पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चान्नीले पञ्जाबमा कांग्रेसको तर्फबाट पार्टीको अनुहार को बन्ने भन्ने निर्णय पार्टीले गर्ने बताएका छन् । उनले मुख्यमन्त्री बनेदेखि नै सबै वर्गलाई राहत दिने काम गरेको बताए । उनले मुख्यमन्त्री भएको १११ दिन भएको र यस अवधिमा समाजका हरेक वर्गसम्म पुग्ने प्रयास गरेको बताए । पञ्जाबमा चुनाउको निर्णयको स्वागत गर्दै चान्नीले पार्टी चुनावका लागि तयार रहेको बताए । निर्वाचन आयोगले पञ्जाबमा १४ फरवरीमा निर्वाचन गर्ने निर्णय गरेको छ भने मतगणना १० मार्चमा हुनेछ । पञ्जाबमा ११७ सीट छन् । २०१७ को चुनाउमा कांग्रेसले ७७ सीट जितेको थियो । आम आदमी पार्टी २० सीट जितेर दोस्रो स्थानमा छ ।

विगत १० वर्षदेखि पञ्जाबको सत्तामा कांग्रेसले कब्जा जमाएको थियो, तर त्यसबेला मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह थिए । यसपटक क्याप्टेन अमरिंदर सिंहले कांग्रेसबाट अलग भएर आफ्नै पार्टी बनाएर भाजपासँग गठबन्धन गरेका छन् । यस सन्दर्भमा कांग्रेसका लागि यो निर्वाचन निकै चुनौतीपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *