03
Nov
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु संकटप्रति विश्वको प्रतिक्रियामा न्यूनिकरण मात्र नभइ अनुकूलन हुनुपर्ने बताएका छन्। सोमबार स्कटल्याण्डको ग्लासगोमा भएको कोप२६ शिखर सम्मेलनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् । ‘न्युनिकरणको विश्वव्यापी जलवायु बहसमा अनुकूलनले महत्व पाएको छैन। यो जलवायु परिवर्तनबाट बढी प्रभावित विकासोन्मुख राष्ट्रहरूका लागि अन्याय हो। हामीले अनुकूलनलाई हाम्रा विकास नीति र परियोजनाहरूको मुख्य भाग बनाउन आवश्यक छ,’ उनले भने। त्यस्तै भारत नेपाल लगायतका विकासोन्मुख देशका लागि जलवायु परिवर्तन ठूलो चुनौती रहेको बताए । ‘जस्तै भारतमा र अन्य धेरै विकासोन्मुख देशहरूको लागि कृषि क्षेत्रको लागि जलवायु परिवर्तन ठूलो चुनौती हो। त्यहाँ बाली ढाँचामा परिवर्तनहरू छन्, बेमौसममा…
