मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्च स्तरीय समिति गठन

प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कमजोरीबारे  छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा  उच्च स्तरीय समिति गठन हुने भएको छ ।
यसै साता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा  फ्लाइओभरमा झन्डै २० मिनेट फसेको थियो । किसानहरुको प्रदर्शनका कारण फसेपछि  प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाट  फर्किएका थिए ।
प्रधानमन्त्रीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पञ्जावका सुरक्षा  अधिकारी विवादमा तानिएका थिए । सोही विषयलाई लिएर सर्वोच्चमा उजुरीसमेत  परेको थियो ।
 शुक्रबार मात्र सर्वोच्चले पन्जावका रजिस्टार जनरल र हरियाणा उच्च  अदालतलाई प्रधानमन्त्रीको भ्रमणमा देखिएको ‘ठूलो सुरक्षा खतरा’ का  सम्बन्धमा रेकर्ड सार्वजनिक गर्न हरियाणा उच्च अदालतलाई निर्देशन दिएको  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *