19
Mar
दलबाट राजीनामा दिने निर्णय गरेपछि खगेश्वर रायको घरमा तृणमूल कङ्ग्रेसको किसान खेत मजदुर युनियनका जिल्ला अध्यक्ष दुलाल देवनाथ पुगे। प्राप्त जानकारीअनुसार तिनको घरमा तृणमूलकी जिल्ला सभानेत्री महुआ गोप पनि आउनेछन्। साथै निवर्तमान मन्त्री तथा माल विधानसभा क्षेत्रका तृणमूल उम्मेदवार बुलुचिक बराइक पनि आउनेछन्। यसअघि नै राजगञ्जस्थित तिनको घरमा तृणमूलका मैनागुड़ीका उम्मेदवार राममोहन राय र दलका जिल्ला सह-उपाध्यक्ष चन्दन भौमिक पुगिसकेका छन्। सूत्रअनुसार तृणमूल सुप्रिमो ममता ब्यानर्जीसित फोनमा पनि खगेश्वरको कुराकानी भएको छ। त्यसपछि नै स्थिति सामान्य भयो। खगेश्वरले तृणमूलमै पहिले झैँ सक्रिय रहने निर्णय लिएका छन्। तिनले भने, हिजो राति 10.30 बजी ममता ब्यानर्जीले फोन गरेकी थिइन्। त्यसपछि आज बिहीवार…
