23
Apr
दिल्लीको गंगाराम अस्पतालमा पर्याप्त अक्सिजन आपूर्ति नहुँदा गएको २४ घण्टामा पच्चीस सिकिस्त बिरामीको ज्यान गएको छ । अस्पतालका मेडिकल डाइरेक्टरले सामाजिक सञ्जालमा दुई घण्टाका लागि अक्सिजन रहेको र ६० जना बिरामीको ज्यान खतरामा रहेको भन्दै ‘एसओसएस’ सन्देशमार्फत् सहयोगका लागि याचना गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसको केही घण्टामै अक्सिजनका ट्याकंरहरु अस्पताल पुगेका थिए । जसले गर्दा थप बिरामीको ज्यान जान पाएन । अस्पतालमा पाँच सयभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेको र त्यसमध्ये १४० जनाभन्दा बढीलाई अक्सिजन दिइएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सिजन आपूर्तिपछि ठूलो खतरा टरेको भए पनि राति आपूर्ति भएको अक्सिजन धेरै समयका लागि नपुग्ने बताइएको छ । त्यसैगरी दिल्लीकै अर्को अस्पताल म्याक्सले…
