22
Apr
नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा आएको उतारचढाव र कोभिड–१९ महामारीका कारण प्रभावित अर्थव्यवस्थालाई सहयोग पु¥याउन नाइजेरियाले ऋण लिन लागेको हो ।सिनेटले अनुमोदन गरेको रकममध्ये १.५ अर्ब डलर विदेशी दातृ निकायबाट ऋण लिइने छ भने ९९ करोड ५० लाख युरो विश्व बैंक, ब्राजिलको एक्सपोर्ट–इम्पोर्ट बैंक र डच बैंकबाट ऋण प्राप्त हुनेछ ।अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको नाइजेरियाको कच्चा तेलको मूल्यमा आएको गिरावटले आर्थिक वृद्धिमा असर पुगेको छ । अफ्रिकी महादेशको सबैभन्दा ठूलो तेल उत्पादक मुलुक नाइजेरियाले विदेशी मुद्रा आयको झण्डै ९० प्रतिशत कच्चा तेल बिक्रीबाट प्राप्त गर्ने गरेको छ ।अर्थमन्त्री जैनाब अहमदले अत्यावश्यकीय पूर्वाधार निर्माणका लागि विदेशी ऋण लिनुपरेको बताउनुभएको…
