पाकिस्तानी होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन्

होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो । पाकिस्तानस्थित चिनियाँ राजदूतलक्षित गरी सो आक्रमण गरिएको आशङ्का गरिएको छ ।
चिनियाँ राजदूत अफगानिस्तानको सिमानानजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सेरेना होटलमा बस्नुभएको थियो । तर विस्फोटका बेला उहाँ घटना क्षेत्रमा नरहनुभएको बताइएको छ । पाकिस्तानको क्वेटा शहरमा अवस्थित होटल सेरेना उच्च अधिकारीको रोजाइमा रहेको होटलको रुपमा रहेको बताइएको छ ।
पाकिस्तानी तालिबान लडाकूँ समूह यस आक्रमणको जिम्मेवारी लिएका छन् । उक्त समूह र अन्य लडाकू सङ्गठनहरुले पछिल्ला महिनाहरुमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् । बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकूहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *