North-East

महामारीको चपेटामा परेको भारतलाई विश्वको सहयोग

महामारीको चपेटामा परेको भारतलाई विश्वको सहयोग

दोस्रो लहरका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्यसामग्री तथा औषधि सहयोगको वाचा गरेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ,’’ उहाँले भन्नुभएको छ । यसअघि भारतमा कोभिडविरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताएको छ । बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली…
Read More
फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ

फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ

रिचमन्ट लक्जरी ग्रुपका अध्यक्ष जोनाथन रुपर्टले अल्बरको निधनको खबरले आफू समेत सिङ्गो फ्रान्सेली फेसन उद्योग दुःखित भएको बताउनु भएको छ ।तीन सातादेखि कोभिडसँग सङ्घर्ष गरेपश्चात् पेरिस स्थित अमेरिकन हस्पिटलमा अल्बरको निधन भएको थियो । मोरक्कोमा जन्मेका इजरायली नागरिक एल्बाजले न्यूयोर्कमा अमेरिकी फेसन डिजाइनरसँग मिलेर शुरुआती दिनहरुमा काम गर्नु भएको थियो । त्यसपछि उहाँ सन् १९९६ मा गाए लारोच र १९९८ मा येभिस सेन्ट लरेन्टमा संलग्न हुनु भएको थियो ।फ्रान्सेली राष्ट्रपति एमानुएल म्याँक्रोले एक विज्ञप्ति जारी गर्दै अल्बरले फ्रान्सेली फेसन डिजाइनलाई विश्वभर फैल्याउन अतुलनीय योगदान दिएको बताउनुभयो ।
Read More
ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ९० हजारभन्दा बढी पुगेको छ

ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ९० हजारभन्दा बढी पुगेको छ

सङ्क्रमणबाट तीन लाख ९० हजार ७९७ जनाको मृत्यु भएको आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण एक हजार ३०५ जनाको मृत्यु भएको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४३ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन् ।गत २४ घण्टामा कोभिड–१९ का करिब ३३ हजार जना सङ्क्रमित थपिएका छन् । यहाँ दिनहुँ नागरिकको ज्यान जाने र सङक्रमित हुने क्रम उल्लेख्य मात्रामा कम हुन सकेको छैन । ब्राजिलमा हाल स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न भएको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले कोभिड–१९…
Read More
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु

अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः शुरु भएको बताउनु भएको छ ।उहाँले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण शुरु भइसकेको जानकारी दिनु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णय अनुरुप आफूले सेना फिर्ताको तयारी शुरु गरिसकेको पनि जनरल मिलरले बताउनुभयो । राष्ट्रपति बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने निर्णय गर्नु भएको थियो । राष्ट्रपति बाइडेनले अफगानिस्तानमा सेना तैनाथ गर्ने कार्य अमेरिकाको तत्काल प्राथमिकतामा नरहेको बताउनु भएको थियो । यसै महिनाको शुरुमा राष्ट्रपति बाइडेनले अमेरिकी सेना आगामी सेप्टेम्बर ११ अघि नै…
Read More
अक्सिजनका लागि दिल्लीका अस्पतालको गुहार

अक्सिजनका लागि दिल्लीका अस्पतालको गुहार

भारतको राजधानी दिल्लीका ठूला अस्पतालमा केही दिनयता देखिएको अक्सिजनको चरम अभाव अझै हट्ने संकेत देखिएको छैेन । केही अस्पतालले सीमित समयका लागि अक्सिजन रहेको भन्दै  सामाजिक सञ्‍जामार्फत सहयोगको अपिलसमेत गरेका छन् । दिल्लीकै मूलचन्द अस्पतालले शनिबार बिहान अक्सिजन आपूर्तिका लागि ट्वीटमार्फत् अनुरोध गरेको छ । शनिबार बिहान ट्वीट गर्दै अस्पतालले दुई घण्टाका लागि मात्र अक्सिजन बाँकी रहेको जनाएको छ । ‘तत्काल सहयोग चाहियो । अब दुई घण्टालाई पनि नपुग्ने अक्सिजन बाँकी छ । हामीलाई सबैजसो अधिकारीहरुलाई सम्पर्क गर्ने प्रयास गऱ्यौँ तर सफल भएनौँ । अस्प्तालमा अझै पनि १३५ जना कोरोना बिरामीलाई लाइफ सपोर्टमा राखिएको छ,’ अस्पतालले ट्वीटमा भनेको छ । अक्सिजन अभावकै कारण केही अस्पतालहरुमा पछिल्ला…
Read More
भारतको उत्तराखण्डमा फेरि हिमनदी विस्फोट

भारतको उत्तराखण्डमा फेरि हिमनदी विस्फोट

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा फेरि हिमनदी विस्फोटपछि गएको पहिरोमा पुरिएर कम्तीमा दुई जनाको मृत्यु भएको छ ।  ३८४ जनाको भने सकुशल उद्धार गरिएको छ । चमोली जिल्लाको निती उपत्यकाको सुम्नामा शुक्रबार दिउँसो हिमनदी विस्फोटपछि पहिरो गएको थियो । पहिरोमा परेर २ जनाको मृत्यु भएको र ३८४ जनालाई सकुशल उद्धार गरिएको भारतीय सेनाले ट्विट गर्दै जानकारी दिएको छ । ‘३८४ जनाको उद्धार भएको छ भने उद्धारकार्य जारी छ,’ भारतीय सेनाले ट्विटमा भनेको छ । भारतीय सेनाका अनुसार बोर्डर रोड अर्गनाइजेशन (बीआरओ) सडक निर्माणका लागि बनाइएको शिविर हिम पहिरोमा पुरिएको बताइएको छ । त्यहाँ कति सैनिक जवान, कामदार र प्राविधिक थिए भन्ने अझै प्रस्ट भएको…
Read More
भारतमा कोरोना भाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या करिब साढे तीन लाख पुगेको छ

भारतमा कोरोना भाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या करिब साढे तीन लाख पुगेको छ

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन् ।पछिल्लो चौबीस घण्टामा पहिचान गरएको संक्रमित महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको जनाएका छन् ।भारतमा कोरोना भाइरसबाट हालसम्म एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको छ भने एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।हाल २५ लाख ५२ हजार ९४० जनामा भाइरसको सङक्रमण सक्रिय अवस्थामा रहेको छ ।हालसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई…
Read More
जापानमा सङ्कटकालको घोषणापछि थप त्रास

जापानमा सङ्कटकालको घोषणापछि थप त्रास

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि सङ्कटकालको घोषणा गर्नुभएको छ ।प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि सङ्कटकालको घोषणा गर्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा सङ्कटकालको घोषणा गर्नुभएको थियो ।शुरुका महिनाहरुमा यो महामारी फैलिएको थिएन । प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो । तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तीव्र बन्दै गएको बताइएको छ । यो महामारी थप नफैलियोस् भन्ने उद्देश्यले यहाँ सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।प्रधानमन्त्री सुगाले…
Read More
अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच शुक्रबार फोनवार्ता भएको छ

अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच शुक्रबार फोनवार्ता भएको छ

सो वार्ताका क्रममा उहाँहरु एक अर्काको बीचमा व्यापक सहमति निर्माण गरी आगामी दिनमा सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् ।टर्कीको राजधानी इस्तानबुलस्थित टर्कीस् राष्ट्रपतिको कार्यालयले दिएको जानकारीमा उहाँहरुले पछिल्लो समयमा विकसित विश्व राजनीतिका साथै कोभिडका कारण उत्पन्न विश्वव्यापी असहज परिस्थितिका विषयमा पनि कुराकानी गर्नुभएको खुलाइएको छ । उहाँहरुले पछिल्लो समयमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमाा पनि कुराकानी गर्नुभएको थियो ।उहाँहरुबीच आगामी जुन महिनामा द्विपक्षीय भेटवार्ता हुने भएको बताइएको छ ।आगामी जुन महिनामा बेल्जियमको ब्रसेल्समा नेटो राष्ट्रका नेताहरुको सम्मेलन हुने भएको छ । सोही सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता हुने बताइएको छ ।
Read More
कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ

कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ

सरकारले अप्रिल २६ तारिख देखि लागु हुने लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको महामारी फेरि तीव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनु परेको उनीहरको भनाइ छ । खाद्य तथा पेय पदार्थ विक्री वितरण गर्ने पसललगायत सवै व्यावसायिक स्थल तथा कार्यालयहरु बन्द गरिने भएको छ।त्यसैगरी होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, ब्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय भएको सरकारका एक जना मन्त्रीले जानकारी गराउनुभएको छ । स्थानीय समयानुसार राती ९ बजेदेखि विहान ५ बजेसम्म कर्फ्युसमेत लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउनको बेलामा थियटर र चलचित्र घरहरु…
Read More