सो वार्ताका क्रममा उहाँहरु एक अर्काको बीचमा व्यापक सहमति निर्माण गरी आगामी दिनमा सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् ।
टर्कीको राजधानी इस्तानबुलस्थित टर्कीस् राष्ट्रपतिको कार्यालयले दिएको जानकारीमा उहाँहरुले पछिल्लो समयमा विकसित विश्व राजनीतिका साथै कोभिडका कारण उत्पन्न विश्वव्यापी असहज परिस्थितिका विषयमा पनि कुराकानी गर्नुभएको खुलाइएको छ । उहाँहरुले पछिल्लो समयमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमाा पनि कुराकानी गर्नुभएको थियो ।
उहाँहरुबीच आगामी जुन महिनामा द्विपक्षीय भेटवार्ता हुने भएको बताइएको छ ।
आगामी जुन महिनामा बेल्जियमको ब्रसेल्समा नेटो राष्ट्रका नेताहरुको सम्मेलन हुने भएको छ । सोही सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता हुने बताइएको छ ।