29
Apr
29
Apr
कोभिड-१९ को दोस्रो लहर फैलिन थालेपछि बिरामी र मृतकको सङ्ख्या ह्वात्तै बढेको छ। विगत सात दिनमा भरतमा अन्य देशमा भन्दा धेरै मानिसमा कोभिड-१९ पुष्टि भएको छ। अस्पतालमा शय्या तथा अक्सिजन र औषधि नपाएर बिरामीहरूको मृत्यु भएको छ। अस्पतालहरू बिरामीहरूको भार नसक्ने अवस्थामा पुगिसकेका छन्। अहिले अन्तिम संस्कार गर्ने ठाउँमा पनि ठूलो चाप बढेको छ। केही मसानघाटहरू अहोरात्र सञ्चालित छन्। त्यहाँ काम गर्ने कर्मचारीहरू आफूले विश्रामबिना नै दाहसंस्कार गरिदिनुपरेको बताउँछन्। हिन्दू धर्मावलम्बीहरूका लागि अन्त्येष्टि अर्थात् दाहसंस्कार एकदमै महत्त्वपूर्ण मानिन्छ।
28
Apr
बङ्गलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बङ्गलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिनुभएको हो ।उहाँले बुधबार भन्नुभएको छ बङ्गलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । रहमानले भन्नुभयो– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बङ्गरलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।
28
Apr
पछिल्लो चौबीस घण्टामा महामारी सुरु भए यताकै एकैदिनमा सबैभन्दा बढी तीन हजार २९३ जना सङ्क्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै कोरोना भाइरसबाट भारतमा हालसम्म मृत्यु हुनेको सङ्ख्या दुई लाख एक हजार १८७ पुगेको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा तीन लाख ६० हजारभन्दा बढीमा सङ्क्रमणको पुष्टि भएको छ । मङ्गलबार १७ लाख २३ हजार ९१२ जनाको परीक्षण गरिएको थियो । जसमध्ये तीन लाख ६० हजार ९६० जना नयाँ सङ्क्रमितको पहिचान भएको सामाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । भारतले हालसम्म २८ करोड २७ लाख तीन हजार ७८९ नमूनाको परीक्षण गरेको छ । हालसम्म एक करोड ७९ लाख ९७…
27
Apr
सोमबार ती बन्दुकधकधारीले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन् ।सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन् । उनले सो चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीलाई पनि जेलमुक्त गरेर लगेका बताए । यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए ।
27
Apr
एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएकाे यो छैटाैं दिन हो ।पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट भारतमा दुई हजार ७७१ जनाको मृत्यु भएकाे छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा एक लाख ९७ हजार ८९४ व्यक्तिको निधन भइसकेको छ । भारतमा हालसम्म एक करोड ७६ लाख ३६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी ब्यक्तिमा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । भारतमा सोमबार मात्रै १६ लाख ५८ हजार ७०० जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।…
27
Apr
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति अलेजेन्द्रो जियामेटीसँग सोमबार भिडियो कन्फरेन्स मार्फत कुरा गर्दै मध्य अमेरिकी मुलुकहरुलाई अमेरिकाले प्रदान गरिआएको आर्थिक सहायतामा वृद्धि गर्ने बताउनुभएको छ । मध्य अमेरिकी मुलुकहरुका आप्रवासीहरु अमेरिका प्रवेशको क्रम तीव्र गतिमा वृद्धि भएसँगै अमेरिकाले आप्रवासीलाई उनीहरुकै मुलुकमा अवसर सिर्जना गर्नेगरी ती मुलुकलाई आर्थिक सहायतामा वृद्धि गर्न लागेको हो ।राष्ट्रपति जो बाइडेनले गत महिना उपराष्ट्रपति ह्यारिसलाई मध्य अमेरिकी मुलुकबाट हुने गरेको आप्रवासन समस्याको वास्तविक कारण पहिचान गर्न विशेष जिम्मेवारी तोक्नुभएको थियो । त्यही सिलसिलामा उपराष्ट्रपति ह्यारिसले ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल बैठक गर्नुभएको हो । दुबै नेताबीच आप्रवासनका मुख्य कारणहरु पहिल्याउन र दीर्घकालीन समाधान खोज्न सहमति भएको छ…
27
Apr
कोरोनाभाइरस महामारीका कारण नराम्ररी भारतमा अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्। नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्। घरमै शरीरमा अक्सिजनको तह जाँच गर्न सकिने उपकरण अक्सिमिटरको बजारमा माग व्यापक रूपमा बढेको व्यवसायीहरूले बताएका छन्। अहिले नेपालमा सञ्चालनमा रहेका अक्सिजन उद्योगहरू पूर्ण क्षमतामा चले आपूर्तिमा समस्या नहुने तर सिलिन्डरको अभाव 'ठूलै समस्या' का रूपमा देखा परेको व्यवसायीहरूको भनाइ छ।
26
Apr
दिल्लीस्थित साउथ एसियन युनिभर्सिटी (साउ) ले कोरोना महामारीका कारण दिल्लीमा गम्भीर स्वास्थ्य संकट देखा परेको भन्दै त्यहाँ अध्ययनरत आवासीय विद्यार्थीहरुलाई होस्टल छाड्न निर्देशन दिएको छ । सोमबार साउ प्रशासनले एउटा सूचना जारी गर्दै दिल्लीको चाणक्यपुरीस्थित अकबर भवनको होस्टलमा रहेका सबै विद्यार्थीहरुलाई १० मेभित्र खाली गर्न आदेश दिएको हो । ‘सबै विद्यार्थीहरुलाई उनीहरुको व्यक्तिगत सुरक्षाका लागि १० मे भित्र अकबर भवनस्थित होस्टल कोठा र परिसर खाली गरेर आ-आफ्नो घर र बस्ने ठाउँका लागि प्रस्थान गर्नुपर्नेछ,’ साउद्धाराजारी सूचनामा भनिएको छ । साउले महामारीका कारण दिल्लीमा गम्भीर स्वास्थ्य संकटमा रहेको र विद्यमान स्वास्थ्य पूर्वाधारले बिरामीहरुको चाप थेग्न नसक्ने र आगामी दिनमा परिस्थिति थप भयावह बन्न…
26
Apr
भारतमा एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौं दिन हो । भारतमा एक साताभित्र मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या करिब २५ लाख पुगेको छ।भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिड सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।भारतमा हालसम्म एक करोड ७० लाखभन्दा बढी व्यक्ति कोभिडबाट सङ्क्रमित हुन पुगेका छन् । भारतमा २८ लाख १३ हजार भन्दा बढी ब्यक्तिमा भाइरसको सङ्क्रमण सक्रिय छ । भारतमा हालसम्म १ करोड ४३ लाखभन्दा बढी कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा मात्र दुई लाख १९ हजार…
