कालेबुङको मेलाटारस्थित गोर्खा शक्ति थानमा आजदेखि नौ दिवसीय माताको पूजा विधिवत् रूपमा सुरु भएको छ।
नवरात्रिको पावन अवसरमा आयोजना गरिएको उक्त पूजा कार्यक्रम धार्मिक विधि-विधानका साथ नौ दिनसम्म सञ्चालन हुने जनाइएको छ। यस पूजामा भक्तजनहरूले माताको आराधना गरी सुख, शान्ति, समृद्धि तथा लोककल्याणको कामना गर्नेछन्।
कार्यक्रमबारे जानकारी दिँदै गोर्खा शक्ति थानका अध्यक्ष ओम शर्माले नौ दिवसीय माताको पूजा सुरु भएको बताए। उनले यस धार्मिक अनुष्ठानमा सहभागी भई माताको दर्शन तथा पूजाआजामा भाग लिन सबै श्रद्धालु भक्तजनहरूलाई आग्रह गरेका छन्।
गोर्खा शक्ति थान मेलाटारमा आजदेखि नौ दिवसीय माताको पूजा सुरु
