Nepal

नेपाली कलाकारहरुको अभिनय रहेको दक्षिण भारतीय चलचित्र हिटम्यान

नेपाली कलाकारहरुको अभिनय रहेको दक्षिण भारतीय चलचित्र हिटम्यान

नेपाली अभिनेत्री आँचल शर्मा लगायतको अभिनय रहेको तेलुगु चलचित्र हिटम्यानको दुई मिनेटको टिजर जनवरी ६ मा राजधानीमा रिलिज गरिएको थियो। यो मार्चमा रिलिजको लागि तय गरिएको छ। नेपाली, हिन्दी, तेलुगु र अङ्ग्रेजी गरी चार भाषामा रिलिज हुने चलचित्रमा शर्मासँगै नेपाली कलाकार प्रशान्त ताम्राकार र मिलन सिजपतिको पनि मुख्य भूमिका रहनेछ । आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा चलचित कलाकार तथा अभिनेत्री हुन। दर्शकहरु उनको भूमिका रहेको उनको पहिलो भारतीय सिनेमाका लगी धेरै एक्साइटेड छन्।
Read More
भारतीय दूतावासले मनायो ७४औं सेना दिवस

भारतीय दूतावासले मनायो ७४औं सेना दिवस

नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरी भारतको ७४औं सेना दिवस मनाएको छ । मंगलबार राजदूतावसको रक्षा प्रभागले एक समारोहका बीच सेना दिवस मनाएको हो । नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी जनरल प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालका पूर्वसेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनीतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्य र पत्रकारहरूको उपस्थिति थियो । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनो रहेको बताए । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय…
Read More
एशियन कप अन्तर्गत तेस्रो चरणका खेल भारतमा हुने

एशियन कप अन्तर्गत तेस्रो चरणका खेल भारतमा हुने

आगामी जुनमा हुने एएफसी एशियन कपको तेस्रो चरणको छनोट खेलहरु भारतमा हुने भएका छन । एएफसीले तेस्रो चरणका छनोट खेलहरु भारतमा हुने जनाएको छ । एएफसीका अनुसार तेस्रो चरणका छनोट खेलहरु जुनको आठ, ११ र १४ तारिखमा हुनेछन । जसमा नेपालले पनि प्रतिस्पर्धा गर्नेछ ।  पहिलो पटक एशियन कपको तेस्रो चरणमा प्रवेश गरेको नेपाली टिमले ए डिभिजन लिग सकिए लगत्तै तयारी सुरु गर्ने संभावना छ ।  त्यसपछि नेपाली टिमले तयारी स्वरुप अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने संभावनापनि छ । चीनमा हुने एशियन कप अर्को बर्षको जुन १६ बाट सुरु हुनेछ । छनोट चरणमा सहभागि कुल २४ देश मध्ये १३ टिम एशियन…
Read More
‘स्पाइडरम्यान’लाई तीन सातामा नेपालमा सात करोड ग्रस

‘स्पाइडरम्यान’लाई तीन सातामा नेपालमा सात करोड ग्रस

हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले तीन सातामा नेपाली बक्सअफिसमा झन्डै ६ करोड ९० लाख ग्रस कमाइ गरेको छ । महामारीयता कुनैपनि फिल्मले नेपाली बक्सअफिसमा गरेको यो सर्वाधिक कमाइ हो । एप्पल इन्टरटेनमेन्टका अनुसार यो सप्ताहन्तमा फिल्मको कूल कमाइ ७ करोड ग्रस पुग्न सक्छ । टम हल्यान्ड स्टारर फिल्मले सुरुआती दुई सातामा उछाल कमाइ गरेको थियो । कोरोना महामारीले थलिएको नेपाली फिल्म बक्सअफिसलाई स्पाइडरम्यानले चलायमान बनाइदिएको थियो । क्यूएफएक्ससहित मुलुकका प्रमुख सहरका मल्टिप्लेक्समा थ्रीडी प्रविधिमा रिलिज भएको फिल्मलाई दोहो¥याएर हेर्ने दर्शक बढेका छन् । दक्षिण भारतीय फिल्म पुष्पाले पनि नेपाली बक्सअफिसमा आक्रामक कमाइ गरेको छ । स्पाइडरम्यान र पुष्पाले…
Read More
भारतमा ओमिक्रोन संक्रमण बढेपछि धमाधम स्वदेश फर्किदै नेपाली

भारतमा ओमिक्रोन संक्रमण बढेपछि धमाधम स्वदेश फर्किदै नेपाली

कोभिड–१९ को जोखिम बढेसंगै भारतबाट नेपाल फर्कने नेपालीहरुमा यसको संक्रमण तिब्र पाइएको छ । कैलालीको त्रिनगर नाका भएर स्वदेश फर्कदै गरेका ४८ जनामा बिहीवार कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।  त्रिनगर नाकामा खटिएका हेल्थडेस्क इन्चार्ज गणेश साउदले ४३४ जनामा कोभिड-१९ परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको बताए । उनले पोजिटिभ देखिएकाहरुलाई धनगढी उपमहानगरपालिका १५ स्थित आइसोलेसन सेन्टरमा पठाइएको बताए ।  पछिल्लो समय भारतमा कोभिड-१९ को संक्रमण तिब्र रुपमा फेलिएपछी रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन । हिजो ९बुधबार० मात्रै सोही नाकामा ३४ जनामा कोभिड-१९ पोजिटिभ देखिएको साउदले बताए । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका १२१ जनामा…
Read More
नेपाल-भारत सीमा विवाद

नेपाल-भारत सीमा विवाद

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नयाँ कार्यकालको पहिलो भारत भ्रमण गर्ने तयारीमा छन्। आसन्न भ्रमणमा उनीसँग दुई वर्षअघि नेपाल-भारत सम्बन्धलाई चिसो बनाएको कालापानी क्षेत्रको सीमा विवादको हल खोज्ने अवसर रहेको विज्ञहरूले औँल्याएका छन्। दिल्लीले नेपाल-भारत सीमा विवादका विषयमा ठोस छलफल अघि बढाउन आलटाल गरिरहेको भन्दै नेपाली विज्ञहरूले प्रधानमन्त्रीको भ्रमणमा कालापानी विवाद द्विपक्षीय छलफलको विषय बनाउनुपर्ने बताएका छन्। हालै भारतले आफ्नो राजनीतिक नक्सामा पश्चिमतर्फ नेपाल-भारत सीमा नदी मानिएको काली नदीको धारलाई फरक देखाएको विवरणहरू सार्वजनिक भएका थिए। नयाँ नक्सा कालापानीसहितका भूभाग आफ्नो भएको पुष्टि गर्ने भारतको प्रयासअनुरूप भएको कतिपय नेपाली सीमाविद्हरूले दाबी गरेका छन्। गत शनिवार अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर उत्तराखण्डका…
Read More
भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा दिनदिनै बढ्दै गइरहेको छ । यतिबेला चिसो धेरै भएकाले कोरोनाको ओमिक्रोन भेरियन्ट बिस्तारै फैलिरहेको भए पनि जाडो घटेपछि ओमिक्रोन झन् फैलिने भारतीय विज्ञले दाबी गरेका छन् । राजधानी नयाँदिल्लीस्थित एम्सका कम्युनिटी मेडिसिन प्रोफेसर संजय रायले धेरै चिसो र धेरै गर्मीमा ओमिक्रोन कम फैलिने बताए । आगामी फेब्रुअरी, मार्च महिनामा ओमिक्रोन बढी फैलिने रायको अनुमान छ । ओमिक्रोन तीव्रगतिमा फैलिएर बिस्तारै घट्ने जनाइएको छ । ओमिक्रोन भाइरस सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, फेब्रुअरी र मार्च महिनामा बढी फैलिने जनाइएको छ । यतिबेला अंग्रेजी डिसेम्बर महिना चलिरहेको छ । भारतमा फेब्रुअरी र मार्च महिनामा ओमिक्रोन बढी फैलिएमा…
Read More
भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवालाई प्रमुख अतिथि बनाइने!

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवालाई प्रमुख अतिथि बनाइने!

भारतले आगामी जनवरी २६ मा मनाइने ७३ औँ गणतन्त्र दिवसका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ। भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पमा अघि सारेको बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र-सरकार प्रमुखलाई गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउने योजना बनाएको हो।  बिमस्टेकमा नेपाल, भारत, बंगलादेश,  श्रीलंका, भुटान, म्यानमार र थाइल्यान्ड सदस्य राष्ट्रका रुपमा रहेका छन्। पाकिस्तानसँगको तनावका कारण सार्कमा अरुचि देखाएको भारतले उसलाई बाहिर पार्दै बिमस्टेकलाई अघि सारेको छ।  भारतीय प्रतिष्ठित अनलाइन इन्डियन एक्सप्रेसका अनुसार दिल्लीको लालकिल्लामा हुने गणतन्त्र दिवसको मुख्य परेडमा अतिथि बनाउने गरी बिमस्टेक सदस्य राष्ट्रसँग छलफल…
Read More
चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा

चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा

नेपाल भ्रमणमा रहेका भारतीय योग गुरू रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरिमा शनिबार बिहान जिपलाइन यात्रा गरेका छन्। उनीहरू बिहान चन्द्रागिरिमा योग प्रशिक्षण दिन गएका थिए। चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएपछि रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा सयर भएका थिए। रामदेवले शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै बाबा रामदेवले यहाँको स्वच्छ हावाले निरोगी बनाउने बताए। रामदेव शुक्रबार बेलुका चन्द्रागिरि पुगेका थिए।
Read More
प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज दिल्लीस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । शर्माले आजै बिहान भारतीय विदेशमन्त्री एस जयशंकरसँग साउथ ब्लकमा भेटवार्ता गरेका छन् । उनीहरुबीच दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको थियो । शर्माले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । नेपाली प्रधानसेनापतिले हिजो भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गरेका थिए ।
Read More