22
Nov
भारतले आगामी जनवरी २६ मा मनाइने ७३ औँ गणतन्त्र दिवसका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ। भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पमा अघि सारेको बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र-सरकार प्रमुखलाई गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउने योजना बनाएको हो। बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्यान्ड सदस्य राष्ट्रका रुपमा रहेका छन्। पाकिस्तानसँगको तनावका कारण सार्कमा अरुचि देखाएको भारतले उसलाई बाहिर पार्दै बिमस्टेकलाई अघि सारेको छ। भारतीय प्रतिष्ठित अनलाइन इन्डियन एक्सप्रेसका अनुसार दिल्लीको लालकिल्लामा हुने गणतन्त्र दिवसको मुख्य परेडमा अतिथि बनाउने गरी बिमस्टेक सदस्य राष्ट्रसँग छलफल…
