एशियन कप अन्तर्गत तेस्रो चरणका खेल भारतमा हुने

आगामी जुनमा हुने एएफसी एशियन कपको तेस्रो चरणको छनोट खेलहरु भारतमा हुने भएका छन । एएफसीले तेस्रो चरणका छनोट खेलहरु भारतमा हुने जनाएको छ ।

एएफसीका अनुसार तेस्रो चरणका छनोट खेलहरु जुनको आठ, ११ र १४ तारिखमा हुनेछन । जसमा नेपालले पनि प्रतिस्पर्धा गर्नेछ । 

पहिलो पटक एशियन कपको तेस्रो चरणमा प्रवेश गरेको नेपाली टिमले ए डिभिजन लिग सकिए लगत्तै तयारी सुरु गर्ने संभावना छ । 

त्यसपछि नेपाली टिमले तयारी स्वरुप अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने संभावनापनि छ । चीनमा हुने एशियन कप अर्को बर्षको जुन १६ बाट सुरु हुनेछ ।

छनोट चरणमा सहभागि कुल २४ देश मध्ये १३ टिम एशियन कपका लागि छनोट भइसकेका छन । बाँकी ११ टिमले छनोट चरणबाट फाइनल राउण्डमा स्थान बनाउनेछन । 

अहिलेसम्म अष्ट्रेलिया, चीन, इराक, इरान, जापान, दक्षिण कोरीया, लेबनान, ओमान, सिरिया, साउदी अरेबीया, युएई र भियतनामले एशियन कपमा स्थान बनाइसकेका छन । 

छनोट चरणमा सहभागि २४ टिमलाई ६ समुहमा विभाजन गरिनेछन । जसमा हरेक समुहका विजेता र पाँच उत्कृष्ट उपविजेता टिमले चीनको टिकट काट्नेछन ।

यो प्रतियोगिता १० वटा स्थानमा हुनेछ । जसका लागि चीनले रंगशालाको छनोटपनि गरिसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *