मनाङले दिल्ली एफसीको सामना गर्ने

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब (एफसी) भिड्ने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले १९ फागुनबाट हुने प्रतियोगिताको खेलतालिका बुधबार सार्वजनिक गरेको हो ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा १० क्लबको सहभागिता रहने सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन् ।

मनाङ, दिल्ली एफसी, मच्छिन्द्र फुटबल, न्युरोड टिम, हिमालयन शेर्पा, नवजनजागृति युवासिमरा र बाग्मती युवा सर्लाहीले भाग लिने अध्यक्ष हमालले बताए । यसैगरी एभेनिर फुटबल क्यामरुन, फ्रेन्ड्स र आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले पनि प्रतिस्पर्धा गर्नेछन् । मोफसलको सर्वाधिक पुरस्कार धनराशिको खप्तड गोल्डकपको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *