मिरिक बजारदेखि मरमा चियाबारी तर्फ गइरहेको एक डब्ल्यू बी 79 बी 0919 नम्बरधारी वाहन लोवर थुलुङ गाउँमा दुघटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ भने एकजना घाइतेको भएको जानकारी प्राप्त भएको छ। वाहन विहान ११ देखि ११:३० बजेभित्र दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि स्थानीयहरूले थाहा पाएपछि चालक वाहानले चेप्टाएको अवस्थामा रहेको र उनलाई उद्धार गरी अस्पताल पठाएको तर चालक उमेश थामीको निधन भएको जानकारी प्राप्त भएको छ। यसरी नै वाहनमा सवार लोवर थुलुङ गाउँ निवासी शोभानाथ शर्मा पनि घाइते भएका छन्।
लोवर थुलुङ गाउँमा वाहन दुर्घटना, चालकको मृत्यु, एकजना घाइते
