25
Jul
उच्च माध्यमिक परीक्षामा उत्तीर्ण गराउने मागमा शनिवार उत्तर बंगालका विभिन्न जिल्लामा अनुत्तीर्ण विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गरे । विद्यार्थीहरूको यस्तो आन्दोलन सिलगढीलगायत कोचबिहार, जलपाइगढ़ी र अलिपुरद्वार जिल्लाका विभिन्न ठाउँ पनि फैलियो। उत्तीर्ण गराउने मागलगायत उच्च माध्यमिक परीक्षामा कम्ती नम्बर दिइएको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा ओर्लिएका हुन् कोरोना भाइरसको संक्रमणले गर्दा यसपालि माध्यमिक र उच्च माध्यमिक परीक्षा भएन । विद्यार्थीहरूको नवीं क्षेणीको परिणामलगायत आन्तरिक मूल्यांकनको आधारमा माध्यमिकको अनि माध्यमिक र एघारौं श्रेणीको परीक्षा र प्रयाक्टिकलको परिणामलगायत आन्तरिक मूल्यांकनको आधारमा उच्च माध्यमिक परीक्षाको परीक्षा परिणाम घोषणा गरियो । माध्यमिक परीक्षामा सय प्रतिशत परीक्षार्थीहरू उत्तीर्ण भए पनि उच्च माध्यमिक परीक्षामा केही विद्यार्थीहरू असफल भए…
