14
Jul
आज प्रशासनद्वारा खरसाङ बजारमा निरीक्षण गरिएको छ । खरसाङ महकुमा शासक एजाज अहमदको अगुवाईमा खरसाङ बजार परिक्रमा गरी मानिसहरूले मास्क लगाएको नलगाएको निरीक्षण गरेका छन् । केही दिन अघि मात्रै खरसाङ महकुमा शासकको पदभार सम्हालेका एजाज अहमदले कोरेना महामारीमा खरसाङ बजारको स्थितिमाथि निरीक्षण गर्दै मास्क लगाउने सबैलाई आग्रह गरेका छन् । उनीसितै खरसाङ पुलिस थानाका आईसी नेबेन्दु सरकार पनि उपस्थित थिए प्रशासनद्वारा आज खरसाङ बजारमा मास्क नलगाउनेहरूलाई सम्झाएर छोड़ी दिएका छन् भने अब अर्कोपल्ट यसरी नै चेकिङमा आउँदा मास्क नलगाएको भेट्टाए पक्राउ गर्ने भनी चेताउनीको साथमा सबैलाई मास्क लगाउने आह्वान गरिएको छ। पुलिस प्रशासनको साथमा खरसाङ महकुमा शासकले खरसाङ बजारको…
