11
Sep
राज्यकी मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीले भवानीपुर विधानसभा आसनबाट उपचुनाउमा प्रतिद्वन्द्विता गर्नको निम्ति शुक्रवार गणेश चर्तुर्थीको दिन नामाङ्कन पत्र भरेकी छन् । शुक्रवार अलिपुरको सर्भे बिल्डिङमा पुगेर ममता ब्यानर्जीले भवानीपुर आसनबाट तृणमूल कङ्ग्रेस उम्मेदवारको रूपमा नामाङ्कन पत्र बुझाएकी हुन्। ममता ब्यानर्जी सर्भे बिल्डिङमा पस्ने क्रममा तिनका प्रस्तावकको रूपमा अभिनेत्री कोयल मल्लिकका पति तथा प्रायोजक निसपाल सिंह राणेलाई पनि देखियो । बितेको बुधवार तृणमूल कङ्ग्रेसको कर्मीसभा मञ्चबाट तृणमूल कङ्ग्रेसले गणेश चतुर्थीको दिन नामाङ्कन पत्र बुझाउने घोषणा गरेको थियो। ममता ब्यानर्जीको प्रस्तावकको रूपमा निसपाल सिंह राणेबाहेक पनि फिरहाद हाकिमकी पत्नी इसमत हाकिम उपस्थित थिइन् । यसबाहेक अन्य दुई प्रस्तावक पार्टीका…
