West Bengal

उत्तर बंगालका तीन जिल्लामा वर्षाको सम्भावना, न्यून चापीय क्षेत्रको प्रभाव देखियो

उत्तर बंगालका तीन जिल्लामा वर्षाको सम्भावना, न्यून चापीय क्षेत्रको प्रभाव देखियो

मंगलबार बिहानदेखि उत्तर बंगालका धेरै जिल्लामा बादल लागेको छ। न्यून चापीय क्षेत्रको प्रभावका कारण यस क्षेत्रका केही भागमा हल्का वर्षा सुरु भएको छ। मौसम विभागले आगामी २४ घण्टामा उत्तर बंगालका तीन पहाडी र तराईका जिल्लाहरूमा वर्षा हुने पूर्वानुमान गरेको छ। मौसम विभागका वैज्ञानिक समरेश सरकारले जानकारी दिएअनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्म दार्जिलिङ, कालिम्पोङ र जलपाईगुडी जिल्लामा हल्का वर्षा हुन सक्छ। यी तीन जिल्लाका बासिन्दाहरूलाई घरबाट बाहिर निस्कँदा सावधान रहन सल्लाह दिइएको छ। मौसम विभागका अनुसार यी तीन जिल्लामा वर्षा हुने अनुमान गरिएको छ भने उत्तर बंगालका अन्य जिल्लाहरूमा मौसम सुख्खा रहने सम्भावना छ। वैज्ञानिक समरेश सरकारले हाल अलिपुरद्वार र कुचबिहार…
Read More
काँड़ेतार पारि खेती गर्न जाँदा किसानहरू हैरान

काँड़ेतार पारि खेती गर्न जाँदा किसानहरू हैरान

बङ्गलादेश सीमासित जोड़िएको सिताई क्षेत्रका धेरै गाउँका वासिन्दा बीएसएफको कठोर व्यवहारप्रति आक्रोशित भएका छन्। यस क्षेत्रमा अघिल्लो वाम सरकारको समय खासै विकास भएको थिएन। वर्तमान राज्य सरकारको कार्यकालमा विभिन्न विकास योजनाहरू अघि सारेर कोचबिहार लगायत राज्यको सीमावर्ती दुर्गम ब्लकलाई पुनर्जीवित गर्ने प्रयास भइरहेको छ। तर भारत-बङ्गलादेश सीमामा रहेको काँड़ेतारको पारि रहेका कृषियोग्य जमीनमा खेती गर्न जाँदा सामान्य गाउँलेहरूलाई बारम्बार बीएसएफको कठोर निगरानी र डरको सामना गर्नु परेको आरोप छ। यहाँ तस्करीको समस्या रहेकाले बीएसएफले कठोर सुरक्षा अपनाएको छ। यसकारण काँड़ेतार पारि जमीन भएका साधारण किसानहरूले पटक–पटक हैरानी भोगिरहेका छन्। यसले आगामी विधानसभा चुनाउको मत गणितमा समेत प्रभाव पार्न सक्ने अनुमान…
Read More
एम्बुलेन्सलाई प्रति घण्टा 20 रुपियाँको शुल्क

एम्बुलेन्सलाई प्रति घण्टा 20 रुपियाँको शुल्क

कोचबिहार एमजेएन मेडिकल कलेज तथा अस्पताल परिसरमा अबदेखि एम्बुलेन्स राख्दा प्रति घण्टा 20 रुपियाँका दरले शुल्क तिर्नुपर्ने निर्णय गरिएको छ। बुधवार उक्त मेडिकल कलेजको रोगी कल्याण समितिको बैठकमा यस्तै निर्णय लिइएको छ। यस विषयबारे निजी एम्बुलेन्स चालक तथा मालिकहरूमा असन्तोष देखिएको छ। तिनीहरूले यस निर्णयको विरोध गरेका छन्। कोचबिहार जिल्ला निजी एम्बुलेन्स चालक युनियनका अध्यक्ष अजिजुल रहमानले भने, कुनै पनि अस्पतालमा एम्बुलेन्स राख्दा शुल्क लिने प्रचलन हुँदैन। यहाँ शुल्क लिइए त्यसको भार बिरामीहरूमाथि नै पर्न जान्छ।कलेज सूत्रअनुसार, अस्पतालभित्र केही एम्बुलेन्स चालकहरूले अनौपचारिक पार्किङ क्षेत्र बनाएका थिए जसको कारण समस्या उत्पन्न भइरहेको थियो। त्यसैले यस्तो निर्णय लिइएको हो। उक्त दिन रोगी…
Read More
गौड़ र मालियन दिगीका माछा बेचेर राजस्व उठाउने सङ्केत

गौड़ र मालियन दिगीका माछा बेचेर राजस्व उठाउने सङ्केत

हरिरामपुर ब्लकको गौड़ र मालियन दिगीमा अवैध रूपमा माछा पालन भइरहेको आरोप पाएपछि प्रशासन सतर्क भएको छ। राजस्व छल्दै यति ठूला यी दुई दिगीमा कसको संरक्षणमा माछा पालन भइरहेको छ र प्रशासनले किन कदम चालिरहेको छैन? यसअघि नै कङ्ग्रेस नेताहरूले प्रश्न उठाएका थिए। बुधवार हरिरामपुर ब्लक भूमि सुधार कार्यालयमा कङ्ग्रेसका कार्यकर्ताहरूले ज्ञापनपत्र बुझाए। यी दुई दिगी मात्र होइन तर ब्लकभरि हजारौँ सरकारी पोखरी र दिगीहरूमा अवैध रूपमा माछा पालन भइरहेको तिनीहरूको दाबी छ। यसकारण राज्य सरकारले करोड़ौँ रुपियाँ राजस्व गुमाइरहेको छ। यस विषयमा उक्त दिन ब्लक भूमि सुधार अधिकारीसित कङ्ग्रेस प्रतिनिधिहरूको बैठक पनि भयो। छिट्टै जाँच गरी दोषीहरूविरुद्ध कानूनी कारवाही…
Read More
श्री रामकृष्ण देवको १९१ औं जन्मजयन्ती बेलुर मठमा उत्साहका साथ मनाइयो; पश्चिम बंगालको बेलुरमा आध्यात्मिक

श्री रामकृष्ण देवको १९१ औं जन्मजयन्ती बेलुर मठमा उत्साहका साथ मनाइयो; पश्चिम बंगालको बेलुरमा आध्यात्मिक

गुरु श्री रामकृष्ण परमहंस देवको १९१ औं जन्मजयन्ती आज बेलुर मठमा ठूलो श्रद्धा र भव्यताका साथ मनाइँदैछ। यस शुभ अवसरमा बिहीबार बिहानैदेखि मठ परिसरमा हजारौं भक्तजनहरूको भीड लागेको थियो। बिहान ४:३० बजे श्री रामकृष्ण देवको मुख्य मन्दिरमा 'मंगलारती' संगै उत्सव सुरु भयो। यसपछि दिनभरि विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको श्रृंखला चल्यो। मठ अधिकारीहरूद्वारा आयोजित, यस पर्वको समयमा भक्तजनहरूका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ, जसमा समावेश छन्: उषाकीर्तन र वेदपाठ: पवित्र बिहानको समय भक्तिपूर्ण जप र वेद पाठले भरिएको थियो। भजन र भक्तिगीत: विभिन्न कलाकारहरूद्वारा प्रस्तुत भजन र वाद्य संगीतले भक्तहरूलाई मंत्रमुग्ध बनाए। धर्मसभा र व्याख्यान: श्री रामकृष्ण देवको जीवन…
Read More
हलोङ बङ्गलोको जग्गा हस्तान्तरण

हलोङ बङ्गलोको जग्गा हस्तान्तरण

29 महीनाअघि जलदापाड़ा राष्ट्रिय उद्यानमा आगलागी भएर जलेको हलोङ वन बङ्गलोको पुनर्निर्माण कार्य वन विभागले आरम्भ गरेको छ। पीडब्ल्यूडी विभागको निगरानीमा 8 करोड़ रुपियाँको लागतमा उक्त बङ्गलोको पुनर्निर्माण कार्य गर्न नियुक्त संस्थालाई मङ्गलवार जलदापाड़ा वन विभागले जग्गा हस्तान्तरण गरेको हो।सन् 1967 मा काठद्वारा निर्माण गरिएको हलोङ बङ्गलो सन् 2024 मा विनाशकारी आगलागीमा परी पूर्ण रूपले जलेर नष्ट भएको थियो। 6 महीनाअघि राज्य सरकारले उक्त वन बङ्गलो पुनर्निर्माण गर्न हरियो सङ्केत दिएको थियो। यसका लागि 8 करोड़ रुपियाँ आवण्टन गरिएको छ।तर आगलागीको जोखिमबाट बाच्न यसपल्ट पूर्ण रूपले काठको संरचना प्रयोग नगरी कङ्क्रिट र काठको संयोजनमा पहिलेकै स्वरूपमा वन बङ्गलो निर्माण गर्ने…
Read More
अज्ञात अपराधीहरूले पाँच बिघा जमिनमा रहेको माखाना बालीमा विष हालेर किसानलाई ऋणमा डुबाए

अज्ञात अपराधीहरूले पाँच बिघा जमिनमा रहेको माखाना बालीमा विष हालेर किसानलाई ऋणमा डुबाए

पश्चिम बंगालको मालदा जिल्लाको हरिश्चन्द्रपुर प्रहरी चौकी क्षेत्र अन्तर्गत पर्ने गंगुन्डिया गाउँमा एउटा हृदयविदारक घटना घटेको छ। एक किसानको कडा परिश्रमलाई दुष्कर्मीहरूले बर्बाद पारेका छन्। रातको अँध्यारोमा, लगभग पाँच बिघा जमिनमा फैलिएको माखाना बाली विषाक्त भएर पूर्ण रूपमा नष्ट भयो। यो घटनाले प्रभावित किसानलाई चिन्तित बनाएको छ, किनकि उनले यो खेती सुरु गर्न ऋण लिएका थिए। स्थानीय स्रोतहरूका अनुसार, गांगुन्डिया निवासी किसान रेजा अहमदले लगभग एक महिना अघि आठ बिघा जमिनमा माखाना खेती गर्न थालेका थिए। उनी विगत दुई दिनदेखि आफ्नो खेत हेर्न जान सकेका थिएनन्। मंगलबार बिहान पुग्दा, आठ बिघामध्ये पाँच बिघामा रहेको माखानाको बोट पूर्ण रूपमा सुकेको र…
Read More
पहिलो दिनमै युवा साथीमा नाम दर्ता गर्न ठूलो भीड़

पहिलो दिनमै युवा साथीमा नाम दर्ता गर्न ठूलो भीड़

युवा साथी शिविरमा भाजपा प्रमुख। आइतवार जलपाइगढ़ी जिल्लाको राजगञ्ज पञ्चायत समिति मैदानमा आयोजित युवा साथी शिविरमा कुकुरजान क्षेत्रका भाजपा प्रमुख गोपाल पोद्दार सहभागी भए। तिनले परिवारका सदस्यहरूलाई लाइनमा उभ्याएर योजनाको फारम भराए। मतदानमुखी उत्तर बङ्गालमा प्रमुखको यस्तो भूमिकाले पद्म शिविर असहज बनेको छ। यसबाहेक उत्तर बङ्गालका अन्य स्थानमा पनि शिविरमा अत्यधिक भीड़ देखियो। जलपाइगढ़ी जिल्लाको प्रत्येक ब्लकमा युवा साथी क्याम्प आयोजना गरिएको छ। तीमध्ये राजगञ्ज पञ्चायत समिति मैदानमा आयोजित क्याम्प उल्लेखनीय रह्यो। बिहानदेखि नै क्याम्पमा कुकुरजान क्षेत्रका भाजपा प्रमुख सक्रिय देखिए। केही बेरपछि क्याम्पको लाइनमा प्रमुखका छोरा, भतिजा र भतिजी देखिए। उक्त तस्बिर सामाजिक सञ्जालमा फैलियो। यसबारे प्रमुखले भने, युवा…
Read More
फरवार्डमा फर्कने विक्टरलाई नरेनको सन्देश

फरवार्डमा फर्कने विक्टरलाई नरेनको सन्देश

आपस्तको मतभेदलाई समाधान गरेर आफ्नै घर फर्किनुहोस्। सम्मानसहित पार्टीमा समावेश गरिनेछ। विधानसभा चुनाउको मुखैमा फरवार्ड ब्लकका पूर्व विधायक अली इमरान रामज (विक्टर) लाई लक्षित गरेर यस्तै सन्देश दिएका छन् पार्टीका राज्य सचिव नरेन चट्टोपाध्यायले। तर यस आह्वानलाई सिधै रातो कार्ड देखाउँदै फरवार्ड ब्लक नेतृत्वप्रति प्रहार गर्न पछि परेनन् गोयालपोखर र चाकुलियाका पूर्व विधायक तथा हाल कङ्ग्रेसका राज्य महासचिव विक्टर। आफ्नै गल्ती बुझ्न फरवार्ड ब्लक नेतृत्वलाई साढ़े तीन वर्षभन्दा अधिक समय किन लाग्यो? विक्टरले प्रश्न गरेका छन्। तिनले भनेका छन्, यत्रो समय तिनीहरू के सुतिरहेका थिए? समयमै गल्ती अनुभव गरेको भए आज फरवार्ड ब्लकको यस्तो दुर्दशा हुने थिएन। सन् 2021 को…
Read More
दाँतल हात्ती नै पहरादार

दाँतल हात्ती नै पहरादार

एक समय लाटागुड़ी र गोरुमारा जङ्गलसित संलग्न मटेली ब्लकको बिछाभाङ्गा र सुरश्रुति वनबस्तीका वासिन्दा हात्तीको आक्रमणका कारण निरन्तर त्रासमा बस्थे। कृषि जमीन नष्ट गर्नुसितै घरहरू भत्काइदिने घटना दैनिक जस्तै हुन्थ्यो। हात्तीको आक्रमण रोक्न गाउँका युवाहरूले टर्च र मशाल लिएर रातभरि पहरा दिन आरम्भ गरेका थिए। तर पछिल्ला दुई वर्षदेखि चिन्ता घटेको छ। कारण वनबस्तीका वासिन्दाले एकजना पहरादार पाएका छन्। त्यसको डरले अरू कुनै दाँताल वा माक्ना हात्ती त्यस क्षेत्रमा पस्न सकेको छैन। आदिवासीहरूले माया गरेर त्यसलाई लुड्का बाबा भनी बोलाउँछन् जसको अर्थ आफ्नै इच्छाअनुसार चल्ने हो।उक्त पहरादारको शरीर पनि अत्यन्त विशाल छ। त्यसले त्यहाँ अन्य कुनै हात्तीलाई प्रवेश गर्न दिँदैन।…
Read More