06
Feb
कोचबिहारको एक आवासीय शैक्षिक संस्थानबाट भागेका दसौँ कक्षाका दुई विद्यार्थीबारे पत्तो लागेको छ। बिहीवार दिउँसो महाराष्ट्रको मानमाड रेल स्टेशनबाट तिनीहरूलाई उद्धार गरिएको हो। मुम्बईगामी रेलको आरक्षित डब्बाबाट आरपीएफले तिनीहरूलाई उद्धार गरेको हो। विद्यार्थीहरूबाट आरक्षित सिटको टिकट फेला पारिएको छ। सोही रेलमा यात्रा गरिरहेका कोचबिहारका एकजना यात्रीले सामाजिक सञ्जालमार्फत दुई विद्यार्थी भागेका विषयमा जानकारी पाए। त्यसपछि रेलमा तिनीहरूलाई देखेर चिन्हित गर्दै रेल्वे पुलिसको ध्यानाकर्षण गराए। त्यसपछि कोचबिहारमा खबर पुग्यो।शुक्रवार कोचबिहारबाट पुलिस टोली, दुवै विद्यार्थीका अभिभावक तथा उक्त आवासीय शैक्षिक संस्थानका अधिकारीहरू तिनीहरूलाई फर्काएर ल्याउन महाराष्ट्र जाँदैछन्। दुई विद्यार्थी उद्धार भए पनि सम्पूर्ण घटनाबारे विभिन्न प्रश्न उठिरहेका छन्। पढ़ाई गरेर केही हुँदैन,…
