05
Feb
तीन दशक लामो उपेक्षापछि रूप, रस र सुगन्ध गुमाउँदै सङ्कटमा परेको पहाड़की रानी दार्जीलिङ सुन्तलाको उत्पादन अहिले घट्दै गइरहेको छ। सुन्तलाको पुरानो गरिमा फर्काउन उत्तर बङ्गाल कृषि विश्वविद्यालय सक्रिय भएको छ। यस उद्देश्यका लागि विश्वविद्यालयले अनुसन्धान आरम्भ गरेको छ। यस क्रममा दार्जीलिङ पहाड़का विभिन्न क्षेत्र भ्रमण गरी रोगमुक्त सुन्तला बोटबाट टिस्यु अर्थात् कोषिका सङ्कलन गरिएको छ।उत्तर बङ्गाल कृषि विश्वविद्यालय कोचबिहार जिल्लाको पुण्डिबारीमा अवस्थित छ। विश्वविद्यालयका उपकुलपति देवव्रत बसुले दार्जीलिङ सुन्तलाको पुरानो गरिमा फर्काउने पहल आरम्भ गरिएको जानकारी दिएका हुन्। तिनीअनुसार रोगमुक्त नयाँ सुन्तलाका बिरुवा उत्पादन गर्नका लागि अनुसन्धान थालिएको हो र केही वर्षभित्रै यसमा सफलता प्राप्त हुने आशा गरिएको छ।चिया…
