17
Mar
यूनाइटेड अबर एमिरेट्स(यूएई)का दुईजना क्रिकेटरमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले आठ वर्षको प्रतिबन्ध लगाएको छ । मोहम्मद नवीद र शैमान अनवरमाथि सन् २०१९ को अक्टोबर १६ देखि आठ वर्षका लागि लागू हुनेछ ।सन् २०१९ को टी ट्वान्टी विश्वकप छनोट खेलको क्रममा दुबै खेलाडीले अनियमितता गरेको आइसीसीको छानबिनले ठहर गरेको छ । लिखित र मौखिक बहसपछि आइसीसीको अनियमितता छानबिन समितिले दुबै जना खेलाडीलाई दोष पाएको छ ।उहाँहरु दुबैजनालाई आइसीसीको खेलाडी संहिताको धारा २.१.१ र २.४.४ बमोजिम दोषी पाइएको छ । दुबै धारामा खेललाई प्रभावित हुने गरी मिलेमत्तो गरेको अवस्था र खेलको परिणाम प्रभावित हुने गरी आउन प्रलोभनबारे जानकारी गराउनुपर्ने उल्लेख छ ।नवीद यूएईका…
