27
Apr
दुई टेष्ट खेलको श्रृखंलाको पहिलो खेल बिहीबारबाट सुरु हुँदैछ ।ल्युक जोङ्वे, रिचर्ड गार्भा, रोय काइया, मिल्टन शुम्बा र तनाका सीभाङ्गा पहिलो पटक टेष्ट टोलिमा स्थान पाएका छन् । हालै सम्पन्न टी ट्वान्टी श्रृखंलामा उत्कृष्ट प्रदर्शन गरे बापत् जोङ्गवेले टेष्ट टोलिमा स्थान पाउनुभएको छ । तीन टी ट्वान्टीमा उहाँले नौ विकेट लिनुभएको थियो ।ब्रान्डन टेलर टोलिमा पुनरागमन गर्नुभएको छ । उहाँले स्वास्थ्य प्रतिकूलताले यूएईमा सम्पन्न अफगानिस्तान बिरुद्धको टेष्ट श्रृखंला खेल्नुभएको थिएन । जिम्बाबवे टोलि क्रैग अर्बाइन र वेस्ली मधेभेरे बिना नै पाकिस्तान बिरुद्ध उत्रिनेछ ।अलराउन्डर सिकन्दर राजा अझै टोलिमा फर्किनुभएको छैन् । राजा, बोन म्यारोको सङ्क्रमणको उपचारमा हुनुहुन्छ । सन् २०१७…
