05
Jan
प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ। गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन्। उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई • कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको छ । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ। उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन । गत १६ नोभेम्बरमा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस-वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् । पुलिसले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो त्यस घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् उनी त्यसअघि सुल्तानपुरमा प्रखर…
