27
Aug
पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राष्ट्रिय मुद्रीकरण पाइपलाइन ( एनएमपी) नीतिलाई लिएर केन्द्र सरकारलाई तारो बनाइन् । ब्यानर्जीले दाबी गरिन् कि जुन सम्पत्तिलाई बेच्नको लागि यो चाल चलिरहेको छ त्यो सम्पत्ति देशको हो न कि प्रधानमन्त्री नरेन्द्र मोदी वा भारतीय जनता पार्टी को हो । एनएमपीलाई एक स्तब्ध र दुर्भाग्यपूर्ण निर्णय भन्दै तृणमूल कांग्रेस प्रमुखले आरोप लगाए कि यी सम्पत्तीहरुको बिक्रीबाट उठेको पैसा चुनाउको बेला विपक्षी दलहरु बिरुद्ध प्रयोग गरिनेछ । तिनले भनिन्, सम्पूर्ण देश यसको बिरुद्ध उठ्नेछ र यो जनविरोधी निर्णयको बिरोध गर्नेछ । ब्यानर्जीले भनिन्, भाजपालाई लाज लाग्नुपर्छ । कसैले उनीहरुलाई देशको सम्पत्ति बेच्ने अधिकार दिएको छैन ।…
