12
Mar
थाइल्यान्डले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा बनाएको कोरोना खोपको प्रयोगमा अस्थायी रुपमा रोक लगाएको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा तथा केन्द्रीय मन्त्रीहरुले शुक्रबार खोप लगाएर मुलुकभर कोरोना खोप अभियान सुरु गर्ने योजना थियो । तर एस्ट्राजेनेका–अक्सफोर्ड कोरोना खोप लगाएका व्यक्तिको शरीरमा रगत जम्ने(ब्लड क्लटिङ) को समस्या देखिएको केही रिपोर्ट सार्वजनिक भएका कारण उक्त अभियान हाललाई रोकिएको बताइएको छ । थाई स्वास्थ्य मन्त्रालयद्वारा जारी पत्रकार सम्मेलनमा सिरिराज अस्पतालका चिकित्सा संकायका डिन प्रसित वातानापाले खोप अभियान अहिलेलाई रोकिएको जानकारी दिएका हुन् । डेनमार्क, नर्वे, आइसल्यान्डलगायतका केही युरोपेली मुलुकले यस खोपको प्रयोगमा अस्थायी रुपमा रोक लगाएका छन् । करिब ५० लाख युरोपेली…
