12
Mar
चीनको संसद्ले हङकङको चुनावी प्रणाली बदल्ने योजना पारित गरेको छ । चीनको नेसनल पिपुल्स कंग्रेस (एनपीसी) ले बिहीबार ‘हङकङमा शासन गर्ने देशभक्तहरू’ संकल्प प्रस्ताव पारित गरेको हो । चुनावी प्रणालीसम्बन्धी एनपीसीले पारित गरेको प्रस्तावअनुसार केही महिनाभित्र नयाँ कानुन ल्याइने जनाइएको छ । यो व्यवस्थाले हङकङमा लोकतान्त्रिक प्रतिनिधित्व घटाउने र बेइजिङनिकटलाई निर्वाचित गर्न सहज हुनेछ । यूकेबाट सन् १९९७ मा स्वतन्त्र हुँदा हङकङ ‘एक देश दुई प्रणाली’ अनुसार सञ्चालन हुने व्यवस्था गरिएको थियो । तर उक्त सहमति उल्लंघन गर्दै चीनले विपक्षीहरूलाई दबाउने रणनीति लिएको आलोचकहरूको भनाइ छ । यूकेबाट स्वतन्त्र हुँदाका बेला गरिएको सहमतिमा हङकङले आफ्नै कानुनी व्यवस्था जारी राख्न तथा वाक् तथा प्रेस स्वतन्त्रतासहितका अधिकारहरू उपभोग…
