16
Mar
म्यान्मारको सैनिक ‘कु’ विरुद्धको प्रदर्शनका क्रममा सोमबार पाँच जनाको ज्यान गएको छ । अधिकारकर्मी तथा प्रत्यक्षदर्शीहरूले सोमबार यांगुनको औद्योगिक क्षेत्रमा दर्जनौं प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली हानेको जनाएका छन् । लोकतन्त्रवादी नेत्री आङ सान सुचीका समर्थकहरूले यांगुनका साथै म्यान्डले, हखा, मायिङ र अउंगलान सहरमा गरेका प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको समाचार संस्था रोयटर्सले जनाएको छ । ‘एक युवतीको टाउकोमा र एक युवकको अनुहारमा गोली लागेको छ,’ एक प्रदर्शनकारीले भने, ‘म भने लुक्न भ्याएँ ।’ यसअघि आइतबार सुरक्षा फौजले करिब ५० जना प्रदर्शनकारीको ज्यान लिएको अभियानकर्ताहरूले बताएका छन् । ‘द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य सहर यांगुनको झडपमा मात्रै करिब ३० जना प्रदर्शनकारी मारिएको जनाएको छ ।…
