10
Mar
भारतको उत्तराखण्ड राज्यको नयाँ मुख्यमन्त्री तीरथसिंह रावत बन्ने भएका छन् । मंगलबार मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएपछि भारतीय जनता पार्टीले तीरथसिंह रावतलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । विभिन्न व्यक्तिको नाम मुख्यमन्त्रीका लागि सिफारिस गरिए पनि बुधबार बसेको बीजेपी उत्तराखण्डको संसदीय दलको बैठकले तीरथसिंहको नाममा सहमति जुटाएको हो । तीरथसिंह फेब्रुअरी २०१३ देखि डिसेम्बर ३१ २०१५ सम्म उत्तराखण्ड बीजेपी प्रमुख पनि थिए । त्यस्तै उत्तराखण्ड विधानसभामा उनी २०१२ देखि २०१७ सम्म चौब्टाखालबाट सदस्य पनि थिए । ५६ वर्षीय तीरथसिंह अहिले गढवालबाट लोकसभा सदस्य छन् । त्रिवेन्द्रसिंहले राजीनामा दिएपछि केन्द्रीय मन्त्री रमेश पोखरियाल निशांक र उत्तराखण्डका मन्त्री धनसिंह रावतको नाम पनि सिफारिस…
