मिनियापोलिस सिटी काउन्सिलले जर्ज फ्लोयडको परिवारलाई २ करोड ७० लाख डलर दिने

अमेरिकाको मिनियापोलिस सिटी काउन्सिलले जर्ज फ्लोयडको परिवारलाई २ करोड ७० लाख अमेरिकी डलर(करिब ३ अर्ब १३ करोड नेपाली रुपैयाँ) दिने भएको छ ।

मिनियापोलिस प्रशासन र पीडित परिवारबीच यो सहमति भएको हो । मिनियापोलिस सिटी काउन्सिलले उक्त घटनाको मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा पहिले नै सर्वसम्मतिले २ करोड ७० लाख डलरको सम्झौतलाई स्वीकृति दिएको हो ।

प्रहरी अधिृकत डेरेक चौभिनले घुँडाले थिचेपछि गत मे महिनामा फ्लोयडको मृत्यु भएको थियो । प्रहरीले फ्लोइडमाथि गरेको अत्याचारको भिडियो विश्वभर चर्चित भएको थियो । उक्त घटनापछि अमेरिकामा मात्रै होइन, विश्वका अधिकांश मुलुकमा पनि ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चर्किएको थियो । प्रहरी अधिकृत चौभिनविरुद्धको मुद्दाको सुनुवाइका लागि ज्युरी छनोट प्रक्रिया जारी छ । १२ सदस्यीय ज्युरीमध्ये ६ जना छनोट भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *