17
Mar
काठमाडौँ — प्रसूति गृह तथा परोपकार अस्पतालकी निर्देशक डा. संगीता मिश्राले महामारीका बेला निजी अस्पतालले बिरामी भर्ना नलिँदा सरकारी अस्पतालले सेवा दिएको बताएकी छिन् । कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिक पत्रिकाले आयोजना गरेको कार्यक्रम 'निर्भीक नारी'को 'महामारीमा नारी' सत्रमा बोल्दै उनले भनिन्, 'महामारीका बेला कोसी तथा प्रसूति गृहमा काम गर्ने मौका मिल्यो । उदयपुर हटस्पट भइरहेको बेला पनि प्रसूति गृहले बिरामी भर्ना लिइ उपचार सेवा दिएको छ ।' उनले महामारीका बेला नै कोसी अस्पतालको पहिलो महिला मेडिकल सुपरिटेन्डेट बन्ने मौका पाउँदा १० दिनमै कोभिड अस्पतालको नयाँ सेटअप सुरु गरी सेवा दिएको अनुभव बाँडिन् । महामारीमा महिला र पुरुषलाई फरक व्यवहार गरिएको उनको भनाइ…
