North-East

म्यान्मारमा एकै दिन ३८ प्रदर्शनकारी मारिए

म्यान्मारमा एकै दिन ३८ प्रदर्शनकारी मारिए

सैनिक कूपछि म्यान्मारमा चर्किएको विरोध प्रदर्शनमा आइतबार एकैदिन ३८ जना प्रदर्शनकारी मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि त्यहाँ भएको प्रदर्शनमा एकै दिन यति धेरै जनाको ज्यान गएको यो पहिलोपटक हो । द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार आइतबार भएको हिंसात्मक झडपमा परी म्यान्मारको मुख्य सहर यांगुनमा मात्रै २१ जनाको मृत्यु भएको छ । देशका अन्य सहरहरूमा समेत गरी ३८ जना प्रदर्शनकारीको ज्यान गएको र दर्जनौं घाइते भएको एएपीपीले जनाएको छ । यस्तै, आइतबार प्रदर्शनकारीहरूले चिनियाँ लगानीमा खुलेका उद्योग, व्यवसाय तथा कलकारखानाहरूमा आक्रमण गरेको बीबीसीले जनाएको छ । हलिंग थारयार क्षेत्रमा प्रदर्शनकारीहरुले चिनियाँ लगानीमा खुलेका व्यवसायलाई लक्षित गरेर आक्रमण गरेपछि उक्त…
Read More
भारतीय छोरी, नेपालकी बुहारीको नेपाली भाषा मोह

भारतीय छोरी, नेपालकी बुहारीको नेपाली भाषा मोह

विवाह गरेर भारतका विभिन्न स्थानबाट नेपालमा आएका महिलाहरूले नेपाली भाषाको प्रशिक्षण लिन थालेका छन्। नेपाली भाषा नजान्दा पढेलेखेका महिलाहरू घरमै सीमित हुनुपरेको र आफ्ना छोराछोरीलाई गृहकार्य गराउन समेत समस्या हुने गरेको उनीहरूको अनुभव छ। महिलाहरूले नेपाली भाषा सिक्न चाहेको थाहा पाएपछि औतरदेयी प्रतिष्ठानले नेपालगञ्जको नारायण माविमा एक महिने नेपाली भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो। जसमा एक पटकमा १८ देखि २२ जना महिला सहभागी हुने गरेका छन्। बिहे गरेर भारतबाट नेपाल आएकी नेपालगञ्ज सदरलाइन बस्ने सपना कसौधनले भाषा प्रशिक्षण कक्षामा लेख्ने अभ्यास गरेपनि घरपरिवार र छिमेकीसँग बोल्ने अभ्यास भइरहेको बताउँछिन्। उनी भन्छिन्, "नेपाल आएको १२ बर्षपछि यहाँको भाषा सिक्न पाउँदा…
Read More
अब भारतको बाटोबाट नेपाली बिजुली बाङ्ग्लादेशमा बेच्न कति सहज होला

अब भारतको बाटोबाट नेपाली बिजुली बाङ्ग्लादेशमा बेच्न कति सहज होला

भारतको नयाँ नीति र त्यहाँका अधिकारीहरूको भनाइबाट भारत सरकार नेपाल-बाङ्ग्लादेश विद्युत् आयात/निर्यातमा सहजीकरण गर्न तत्पर भएको सङ्केत पाइएको ऊर्जाविज्ञ र सरकारी अधिकारीहरूले बताएका छन्। भर्खरै भारतले जारी गरेको अन्तर्देशीय विद्युत् आयात/निर्यातसम्बन्धी एउटा कार्यविधि नेपालअनुकूल भएको उनीहरूको तर्क छ। साथै, गत साता भारतीय विदेशसचिवले दिएको अभिव्यक्तिले पनि त्यसको सङ्केत गरेको उनीहरूको भनाइ छ। यसबाट नेपालमा उत्पादित बिजुली बाङ्ग्लादेशसम्म विक्री गर्ने कार्यलाई भारतले सहज बनाइदिने अपेक्षा उनीहरूको छ। तर भारतको नयाँ कार्यविधि कसरी कार्यान्वयन हुन्छ भन्ने आधारमा मात्र भारतको भित्री उद्देश्य बुझ्न सकिने केही विज्ञहरूको धारणा छ।
Read More
म्यान्मारका प्रदर्शनमा ६ जनाको मृत्यु

म्यान्मारका प्रदर्शनमा ६ जनाको मृत्यु

म्यान्मारको सैनिक सरकारविरोधी प्रदर्शनका क्रममा शनिबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार दोस्रो ठूलो सहर म्यान्डलेमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको हो । त्यसैगरी, प्याय सहरमा अन्य दुई प्रदर्शनकारीको ज्यान गएको हो । अमेरिका, भारत, अस्ट्ेरलिया र जापानको समूह क्वाडले म्यान्मारमा लोकतन्त्रको पुनर्बहालीका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएको केहीबेरमा ६ जना प्रदर्शनकारीको ज्यान गएको समाचार सार्वजनिक भएको हो । प्याय सहरमा घाइते बोकेर अस्पताल जाँदै गरको एम्बुलेन्सलाई सुरक्षाकर्मीले रोकेका थिए । ‘सुरुमा एम्बुलेन्सलाई सुरक्षाकर्मीले रोकेका कारण घाइतेको अवस्था गम्भीर भयो,’ एक २३ वर्षीय प्रदर्शनकारीले भने, ‘उनलाई पछि अस्पताल लान दिइएको भए पनि…
Read More
कोरिन मासियरो: ‘फ्रेन्च ओस्कर्स’मा नायिकाको नग्न विरोध प्रदर्शन

कोरिन मासियरो: ‘फ्रेन्च ओस्कर्स’मा नायिकाको नग्न विरोध प्रदर्शन

५७ वर्षीया नायिका कोरिन मासियरो ओस्करको फ्रान्सेली संस्करण मानिने सेसर अवार्ड्स समारोहमा रगत लतपतिएको लुगाबाहिर गधाको मुखौटोयुक्त पहिरनसहित मञ्चमा पुगेकी थिइन् । फ्रान्समा तीन महिनाभन्दा बढी समयदेखि सिनेमा घरहरू बन्द रहेका छन्। उत्कृष्ट फिल्म पुरस्कार अल्बेयर डुपोन्टेलको त्रासदीपूर्ण हास्य चलचित्र 'अडेयु लेस कन्स' अर्थात् मूर्खहरूलाई बाइबाइ भन्ने चलचित्रले पाएको थियो। गम्भीर रोग लागेकी महिलाले आफ्नो बच्चाको व्यग्र खोजी गरेको सिनेमाले सातवटा सेसर पुरस्कार प्राप्त गरेको थियो। त्यसमध्ये एक सबभन्दा राम्रो निर्देशन पुरस्कार पनि थियो। राम्रो विदेशी सिनेमा डेनमार्कको 'अनदर राउन्ड' भन्ने थोमस भीन्टरबर्गले निर्देशन गरेको सिनेमाले पायो जसमा मित्रहरूले आफ्नो रगतमा मदिराको एक स्थायी तह कायम राखेर आफ्नो जीवनस्तर सुधार्ने…
Read More
मिनियापोलिस सिटी काउन्सिलले जर्ज फ्लोयडको परिवारलाई २ करोड ७० लाख डलर दिने

मिनियापोलिस सिटी काउन्सिलले जर्ज फ्लोयडको परिवारलाई २ करोड ७० लाख डलर दिने

अमेरिकाको मिनियापोलिस सिटी काउन्सिलले जर्ज फ्लोयडको परिवारलाई २ करोड ७० लाख अमेरिकी डलर(करिब ३ अर्ब १३ करोड नेपाली रुपैयाँ) दिने भएको छ । मिनियापोलिस प्रशासन र पीडित परिवारबीच यो सहमति भएको हो । मिनियापोलिस सिटी काउन्सिलले उक्त घटनाको मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा पहिले नै सर्वसम्मतिले २ करोड ७० लाख डलरको सम्झौतलाई स्वीकृति दिएको हो । प्रहरी अधिृकत डेरेक चौभिनले घुँडाले थिचेपछि गत मे महिनामा फ्लोयडको मृत्यु भएको थियो । प्रहरीले फ्लोइडमाथि गरेको अत्याचारको भिडियो विश्वभर चर्चित भएको थियो । उक्त घटनापछि अमेरिकामा मात्रै होइन, विश्वका अधिकांश मुलुकमा पनि ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चर्किएको थियो । प्रहरी अधिकृत चौभिनविरुद्धको मुद्दाको सुनुवाइका लागि ज्युरी छनोट प्रक्रिया जारी छ ।…
Read More
हङकङको चुनावी प्रणाली फेरिने

हङकङको चुनावी प्रणाली फेरिने

चीनको संसद्ले हङकङको चुनावी प्रणाली बदल्ने योजना पारित गरेको छ । चीनको नेसनल पिपुल्स कंग्रेस (एनपीसी) ले बिहीबार ‘हङकङमा शासन गर्ने देशभक्तहरू’ संकल्प प्रस्ताव पारित गरेको हो ।  चुनावी प्रणालीसम्बन्धी एनपीसीले पारित गरेको प्रस्तावअनुसार केही महिनाभित्र नयाँ कानुन ल्याइने जनाइएको छ । यो व्यवस्थाले हङकङमा लोकतान्त्रिक प्रतिनिधित्व घटाउने र बेइजिङनिकटलाई निर्वाचित गर्न सहज हुनेछ । यूकेबाट सन् १९९७ मा स्वतन्त्र हुँदा हङकङ ‘एक देश दुई प्रणाली’ अनुसार सञ्चालन हुने व्यवस्था गरिएको थियो । तर उक्त सहमति उल्लंघन गर्दै चीनले विपक्षीहरूलाई दबाउने रणनीति लिएको आलोचकहरूको भनाइ छ । यूकेबाट स्वतन्त्र हुँदाका बेला गरिएको सहमतिमा हङकङले आफ्नै कानुनी व्यवस्था जारी राख्न तथा वाक् तथा प्रेस स्वतन्त्रतासहितका अधिकारहरू उपभोग…
Read More
थाइल्यान्डमा रोकियो एस्ट्राजेनेका-अक्सफोर्डको कोरोना खोप अभियान

थाइल्यान्डमा रोकियो एस्ट्राजेनेका-अक्सफोर्डको कोरोना खोप अभियान

थाइल्यान्डले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा बनाएको कोरोना खोपको प्रयोगमा अस्थायी रुपमा रोक लगाएको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा तथा केन्द्रीय मन्त्रीहरुले शुक्रबार खोप लगाएर मुलुकभर कोरोना खोप अभियान सुरु गर्ने योजना थियो । तर एस्ट्राजेनेका–अक्सफोर्ड कोरोना खोप लगाएका व्यक्तिको शरीरमा रगत जम्ने(ब्लड क्लटिङ) को समस्या देखिएको केही रिपोर्ट सार्वजनिक भएका कारण उक्त अभियान हाललाई रोकिएको बताइएको छ । थाई स्वास्थ्य मन्त्रालयद्वारा जारी पत्रकार सम्मेलनमा सिरिराज अस्पतालका चिकित्सा संकायका डिन प्रसित वातानापाले खोप अभियान अहिलेलाई रोकिएको जानकारी दिएका हुन् । डेनमार्क, नर्वे, आइसल्यान्डलगायतका केही युरोपेली मुलुकले यस खोपको प्रयोगमा अस्थायी रुपमा रोक लगाएका छन् । करिब ५० लाख युरोपेली…
Read More
सुचीविरुद्ध पैसा र सुन लिएको आरोपमा मुद्दा

सुचीविरुद्ध पैसा र सुन लिएको आरोपमा मुद्दा

म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध बिहीबार अर्को मुद्दा लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारमा रहँदा सुचीले गैरकानुनी रूपमा ६ लाख अमेरिकी डलर र सुन लिएको आरोप लगाइएको हो ।  सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता सुचीविरुद्ध लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । यद्यपि, उनीविरुद्धको आरोपसम्बन्धी कुनै प्रमाण भने सार्वजनिक गरिएको छैन । सुचीले करिब साढे ६ लाख बराबरको सुन स्वीकार गरेकी सहायक रथी ज मिन तुनको दाबी छ । तुनले राष्ट्रपति विन मिन्ट र कैयौं मन्त्रीहरूलाई पनि भ्रष्टाचारको आरोप लगाएका छन् । यसअघि सुचीलाई गैरकानुनी रूपमा सञ्चार उपकरण राखेको, आयातसम्बन्धी कानुन उल्लंघन गरेको लगायतका ४ वटा मुद्दा लगाइसकिएको छ । सेनाले…
Read More
पश्‍चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते

पश्‍चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते

भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते भएकी छन् । चुनावी मनोनयनका लागि बिहीबार नन्दीग्राम पुगेकी बनर्जीले आफूलाई ४/५ जनाले धकालेपछि लडेर घाइते भएको आरोप लगाएकी छन् ।  घटनापछि बनर्जीको खुट्टामा चोट लागेको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरिसकेको जनाएको छ । बनर्जी र उनको पार्टीले भौतिक आक्रमण भएको दाबी गरे पनि भाजपालगायत दलले यसलाई ‘बनर्जीको प्रोपोगान्डा’ भनेका छन् । घाइते भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी बनर्जीले एक भिडियो सन्देश जारी गर्दै हात र खुट्टामा चोट लागेको र छातीमा दुखाई महसुस भएको जनाएकी छन् । सन्देशमा उनले आफ्ना समर्थकहरूलाई ‘शान्ति कायम राख्न’ आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले थप उपचारका लागि कोलकाता जाने…
Read More