ब्राजिलमा नियन्त्रणमा आएन संक्रमण

ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या दुई लाख ८० हजारको नजिक पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । संक्रमणबाट दुई लाख ७९ हजार २३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४ घन्टायता मात्र एक हजार जनाभन्दा बढीको ज्यान गएको छ । अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ ।

अधिकारीहरुका अनुसार संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ । एक करोड १५ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुका अनुसार कोभिड १९ बाट संक्रमित हुनेको संख्या एक करोड १५ लाख १९ हजार ६०९ जना पुगेको छ । यसका साथै पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *