फिलिपिन्समा कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । यो अस्थायी यात्रा अनुमतिमा लगाइएको समाचारमा जनाइएको छ ।
सरकारले मंगलबार राति सो सूचना जारी गरेको छ । उक्त सूचनामा विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई पनि बाहिर जानका लागि यात्रा अनुमति नदिइने बताइएको छ । यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि आगामी अप्रिल महिनाको १९ तारिखसम्म गरिनेछ । सरकारको यो यात्रा प्रतिबन्धको कडा रुपमा अनुगमन गर्नका लागि एक कार्यदल बनाइएको छ ।
सो कार्यदलले यस यात्रा प्रतिबन्धको अनुगमन गर्ने र आवश्यकताको आधारमा एक दिनमा बढीमा एक हजार ५०० जना मात्र विदेशी नागरिकलाई हवाई उडानमार्फत फिलिपिन्स आउन दिने बताइएको छ । यो यात्रा प्रतिबन्धले फिलिपिन्स जाने तथा यहाँबाट बाहिर जाने सरकारी कर्मचारीहरु, कूटनीतिज्ञहरु, वैदेशिक रोजगारका लागि विदेश गएका फिलिपिन्सका नागरिक आदिका लागि भने लागू नहुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *