26
Mar
ब्राजिलमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार संस्था रोयटर्सका अनुसार बिहीबार ब्राजिलमा १ लाख १ सय ५८ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण तीव्र भएसँगै राष्ष्ट्रपति जायर बोल्सोनारोमाथि राजनीतिक दबाब थपिएको छ । कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै राष्ट्रपति बोल्सोनारोको आलोचना हुँदै आएको छ । कोरोना खोप खरिद र रोकथाममा बोल्सोनारोले ढिलासुस्ती गरेको आरोप लाग्दै आएको छ । त्यस्तै बिहीबार ब्राजिलमा थप २ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड २३ लाख २० हजार नाघेको छ । त्यस्तै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख…
