24
Mar
काठमाडौँ — सीमावर्ती भारतीय राज्यहरुमा कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै नेपाल सरकारले पुनः सतर्कता अप्नाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । विगत एक सातायता नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा कोरोना संक्रमितको संख्यामा भारी वृद्धि देखिएको छ । नेपालमा पनि अझ विशेष गरेर काठमाडौं उपत्यकामै विगत एक सातायता संक्रमितहरुको संख्या उकालो लाग्न थालेको छ । यस्तै संक्रमितहरुको संख्या बढ्नुको कारण कुनै नयाँ भेरियन्टले गर्दा पनि हुनसक्ने विज्ञहरुले आशंका गरेका छन् । जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्सका विज्ञ डा. विशाल भण्डारीका अनुसार भाइरसलाई फैलनका लागि सयम र स्थान दिएको खण्डमा अनुवांशिक गुण परिवर्तन गरेर फैलिन थाल्छ । ‘मलाई…
