30
Mar
चीनले कोरोना भाइरसविरूद्ध उत्पादित भेरोसेल खोपको प्रभावकारिता करिब ६ महिना भएकाले यसको सुरक्षा क्षमता वृद्धिका लागि अध्ययन गरिरहेको जनाएको छ । आइतबार चिनियाँ रोग नियन्त्रण तथा निवारण केन्द्रका प्रथम विशेषज्ञ वाङ ह्वाछिङले यस्तो जानकारी दिएका हुन् । ‘चिनियाँ खोपको सुरक्षा प्रभाव ६ महिनाभन्दा बढीसम्म छ,’ उनले भने । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप भेरोसेल सोमबार मात्रै नेपाल आइपुगेको छ । यो खोप सिनोफार्मको सहयोगमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निर्माण गरेको हो । चीनमा पनि १० करोड डोज खोप प्रयोगमा आइसकेका बेला चिनियाँ अधिकारीले एन्टिबडीको स्तरबाट खोपको प्रभाव लगभग ६ महिनाभन्दाबढी रहेको बताएका हुन् । ‘एन्टिबडी नै स्वास्थ्य सुरक्षाको सूचकांक हुन सक्दैन…
