19
Apr
कोरोना महामारीका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनन्सनको आगामी साता हुन गइरहेको भारत भ्रमण रद्द भएको छ । जोनन्सनले आगामी २५ अप्रिलदेखि भारत भ्रमण गर्ने तय भएको थियो । ‘कोरोना महामारीका सिर्जित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दुवै पक्ष बेलायतका प्रधानमन्त्रीको आगामी साता हुने भनिएको भारत भ्रमण स्थगत गर्ने निर्णयमा पुगेक छन्,’ भारतको विदेश मन्त्रालयद्वारा विज्ञप्तीमा भनिएको छ । साथै दुवै पक्षले आगामी दिनमा भर्जुअल बैठकमार्फत् भारत–बेलायत सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउनका लागि नयाँ कार्यक्रमहरु ल्याइने समेत मन्त्रालयले जनाएको छ । कोरोना महामारीकै कारण देखाएर जोन्सनको निर्धारित भारत भ्रमणलाई दिल्लीमै सिमित गरिएको थियो । यसअघि भारतको गणतन्त्रको दिवसको अवसरमा २६ जनवरीमा पनि बेलायती प्रधामन्त्री जोन्सन…
