12
May
इजरायली सुरक्षाकर्मी र पेलेष्टाइन विद्रोहीबीचको भिडन्त उग्र रुप लिएपछि सङ्कटकालको घोषणा गरिएको हो ।पेलेष्टाइन विद्रोही समूहले इजरायलमा सयौं रकेट प्रहार गरेको छ । इजरायलले गाजा क्षेत्रमा भारी मात्रामा हवाई आक्रमण गरेको छ । पछिल्लो केही समय यता शान्त रहेको इजरायल र प्यालेष्टाइनबीचको पछिल्लो विवादमा कम्तीमा ४० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । इजरायलको सुरक्षा दस्ताले जेरुसेलममा गरिएको आक्रमणको जवाफमा गाजामा विद्रोही समूहलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ ।प्यालेष्टाइनले भने सोमबारपछि एक हजारभन्दा बढी रकेट मध्य तथा दक्षिणी इजरायल क्षेत्रमा प्रहार गरेको छ । प्यालेष्टाइनले गाजा क्षेत्रमा रहेको एक टावरमाथि हवाई आक्रमण गरेर इजरायलले ध्वस्त बनाएपछि तेल…
