19
May
गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए । आक्रमणमा परी अगानिस्तानको सेनाका दुई सदस्य मारिएका छन् । अन्य केही अफगान सैनिक घाइते पनि भएका प्रान्तका एक अधिरकारीले जानकारी दिएका थिए ।आक्रमणपछिको कारबाहीमा परेर तीन जना तालिबान लडाकू पनि मारिएका छन् । राति दोहोरो भिडन्त पनि भएको थियो ।भिडन्तमा परेर अरु केही तालिबानी लडाकूहरु घाइते पनि भएका बताइएको छ । त्यस्तै, बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १४ जना तालिबानी लडाकू मारिएका छन् । उक्त क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ । त्यस क्षेत्रमा केही समययतादेखि तालिबानका…
