10
May
कोलोराडो स्पिङ्सको पूर्वतर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीको भनइ छ ।आफ्नी प्रेमिकासहित पार्टीमा सहभागी भएका गोली चलाउने शङ्कास्पद व्यक्तिले साथीहरु, परिवार र बालबालिकामाथि गोली चलाएका थिए । घटनास्थलमा प्रहरी पुग्दा सात जना वयस्क व्यक्तिको मृत्यु भइसकेको र एक व्यक्ति गम्भीर चोटग्रस्त अवस्थामा भेटिएका थिए, र उनको पनि अस्पतालमा ज्यान गएको थियो ।कोलोराडो राज्यकै बोल्डरको सुपरमार्केटमा गत मार्च २२ मा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो ।कोलोराडो राज्यको डेन्भरपछि दोस्रो ठूलो शहर कोलोराडो स्प्रिङ्समा करिब चार लाख ६५ हजार नागरिकको बसोबास छ ।यसैबीच, मेरिल्यान्डमा पनि एभर्टन…
