26
May
संयुक्तराज्य अमेरिकाका विदेश मन्त्रीएन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गर्नुभएको छ । प्यालेस्टाइन र इजरायलको भ्रमणपछि उहाँ इजिप्ट र जोर्डनको भ्रमण गर्न लाग्नुभएको हो ।इजरायल र हमास विद्रोही समूहबीच ११ दिने युद्धपश्चात् भएको युद्धविरामलाई स्थायित्व दिने प्रयासस्वरुप विदेश मन्त्री ब्लिन्केनले इजरायल, प्यालेस्टाइन, इजिप्ट र जोर्डनको भ्रमण गर्नुभएको हो ।इजिप्टको कायरोतर्फ प्रस्थान गर्नुअघि विदेशमन्त्री ब्लिन्केनले बुधबार इजरायली अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । युद्धबाट जर्जर भएको गाजा क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन अमेरिकाले सम्पूर्ण प्रयास गर्ने मन्त्री ब्लिन्केनले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।तर उहाँले अमेरिकी अग्रसरतामा उपलब्ध हुने सहायता हमास समूहलाई उपलब्ध नहुने स्पष्ट गर्नुभएको छ ।कायरो प्रस्थान गर्नुअघि…
