25
May
उक्त चक्रवात बुधवारतिर ओडिशा तथा पश्चिम बङ्गालको तटमा आइपुग्ने भारतीय मौसम विभागको प्रक्षेपण रहेको छ। नेपालमा खासगरी बिहीवार र शुक्रवार कतिपय ठाउँहरूमा वर्षा हुनसक्छ। पश्चिमी क्षेत्रमा भारी वर्षा हुनसक्छ,"चक्रवातका कारण कतिपय स्थानमा हावाहुरी पनि आउन सक्ने बताउँदै उनले दक्षिणी क्षेत्रमा तेज हावा चल्न सक्ने जानकारी दिए। उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मङ्गलवारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध छ," विभागको मौसम बुलेटिनमा उल्लेख छ।मौसम सतर्कताबारे सगरमाथा क्षेत्रमा रहेका पर्वतारोहीहरूलाई जानकारी गराइसकेको सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए। केही सातादेखि सगरमाथा क्षेत्रमा रहेका श्रेष्ठ मङ्गलवार बिहान काठमाण्डू आइपुगेका छन्। उनका अनुसार अहिले पनि त्यहाँ…
