कोभिडको नक्कली औषधि बेचेको भन्दै ३५० जना पक्राउ

भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ। सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो। प्रहरीका एक वरिष्ठ अधिकारी प्रेम नाथले बीबीसीलाई यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी अपराध भएको बताए। बितेको चौबीस घण्टामा भारतमा कोरोनाभाइरसका एक लाख ६५ हजार नयाँ सङ्क्रमित भेटिएको र सो अवधिमा ३,४६० जनाको ज्यान गएको बताइएको छ। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या २ करोड ७८ लाख नाघेको छ। हाल त्यहाँ २१ लाख मानिसमा सक्रिय सङ्क्रमण छ।

कोभिडका कारण भारतमा ज्यान गुमाउनेहरूको सङ्ख्या सवा तीन लाख नाघेको छ। अढाइ करोडभन्दा धेरै मानिस निको भइसकेका छन्।

भारतमा हालसम्म २१ करोडभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *