Nepal

नेपाल-भारत सम्बन्ध: छिमेकी देशबीच रहेको विश्वासको सङ्कट हट्ला?

नेपाल-भारत सम्बन्ध: छिमेकी देशबीच रहेको विश्वासको सङ्कट हट्ला?

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेपछि उनको दलको निम्तोमा भारतीय सत्तारूढ दलका विदेश मामिला प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा छन्। नयाँ सरकारसँगको सम्बन्ध विस्तार साथै सत्ता गठबन्धन र प्रमुख विपक्षीका नेतासँग भेट्ने उद्देश्यले चौथाइवालेआइतवार राजधानी आइपुगेका थिए। अहिले नयाँ दिल्ली र काठमाण्डूबीचको कूटनीतिक सम्बन्धमा विश्वासको सङ्कट रहेको परराष्ट्र मामिलाका जानकारहरूले बताउँछन्। नेपालसँग निकट सम्बन्ध भएको ठूलो देशको नाताले दुई देशबीच सम्बन्ध सुधार र औपचारिक वार्ताका संयन्त्रहरूको क्रियाशीलताका लागि भारतले पहल गर्नुपर्ने परराष्ट्रविद्हरू बताउँछन्। भजपाको नेताको नेपाल भ्रमण प्रधानमन्त्रीको दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको निम्तोमा चौथाइवाले नेपाल आएका बताइएको छ। चौथाइवालेले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री देउवासँगको भेटेको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्रीमा…
Read More
कालिम्पोङमा सम्पन्न साइकल रेसको उपाधि नेपालीलाई

कालिम्पोङमा सम्पन्न साइकल रेसको उपाधि नेपालीलाई

कालिम्पोङमा सम्पन्न इन्डिपेन्डेन्ट एमटिबी साइक्लिङ रेसमा महिला र पुरुषतर्फको दुवै उपाधि नेपालीले जितेका छन् । पुरुषतर्फ नेपालका सशस्त्र प्रहरी बलका लक्ष्मण मल्ल र महिलातर्फ नेपालकै अनिता राईले जितेका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा कालिम्पोङ डिस्टक साइक्लिङ एसोसीएसनको आयोजना र कालिम्पोङ पुलिस डिपार्टमेन्टको सहयोगमा आइतबार सम्पन्न साइक्लिङ रेसमा महिला र पुरषको दुवै उपाधि पहिलो पटक नेपालीले जितेका हुन् । मल्लले ३८ किलोमिटरको दुरी २ घण्टा ५ मिनेटमा पार गर्दै जिते भने अनिताले १६ किलोमिटरको दुरी १ घण्टा १६ मिनेटमा पार गरिन् । चित्रेदेखि छ माइल, चिब्बो, चालिसे, मंगलधारा, कालिम्पोङ बजार हुँदै १२ माइल, १५ माइल भएर डेलोपार्कमा टुंगिएको साइकल रेसमा पुरुषतर्फ ५० जनाले सहभागिता…
Read More
भारतीय सुरक्षा फौजको ज्यादती विरुध्द शान्ति बाटिकामा पदर्शन

भारतीय सुरक्षा फौजको ज्यादती विरुध्द शान्ति बाटिकामा पदर्शन

महाकाली नदी तरेर भारत जानेक्रममा तुइनबाट खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलन शुरु गरेको छ । घटनाको विरोधमा आज काठमाडौँको शान्ति बाटिकामा विप्लवका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘भारतीय साम्राज्यवाद मूर्दावाद !’, ‘सिमानामा भारतीय ज्यादती बन्द गर !’, ‘लिपुलेक-कालापानी हाम्रै हो’, ‘नेपाल र नेपालीमाथिको हत्या हिंसा बन्द गर’, जस्ता नारावाजी गरेका छन् । धामी हिजो तुइनबाट भारत प्रवेश गर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी चुडाएका कारण उनी नदीमा खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् । उक्त घटनाको विरोधमा विभिन्न राजनीतिक…
Read More
अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ

अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ

अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट  शुक्रबार  प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्यको लखन उमहानगरका ३४ वर्षीय अतुलकुमार र ३५ वर्षीय सन्दीपसिंह राय  छन् ।उनीहरूको साथबाट भारतीय नोट पाँच सयको दुई सय थान,  र सन्दीपसिंह रोयको साथबाट पाँच सयको भारतीय नोट दुई सय १७ थान, अमेरिकन नोट एक सयको  २१ थान, २० को पाँच थान, १० को एक थान  र एकको चार थान बरामद गरेको  प्रहरीले जनाएको छ ।  पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व…
Read More
दशगजामा भारतीयका चार सयभन्दा बढी टहरा,  मोरङका ३८ वटा सीमा स्तम्भ गायब

दशगजामा भारतीयका चार सयभन्दा बढी टहरा, मोरङका ३८ वटा सीमा स्तम्भ गायब

भारतीय नागरिकले दशगजामा फालेका फोहोरको दुर्गन्ध र प्रदूषणका कारण सास्ती खेप्दै नेपाली, आफ्नै भूमिमा नाला बनाउन नेपालीलाई भारतीयले रोके अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न कसैले पनि पाउँदैन । तर, नेपाल–भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाध रूपमा घरटहरा बनाएका छन् ।  मोरङको विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा पर्ने दशगजा क्षेत्रमा भारत विहार राज्यको जोगबनी नगर क्षेत्रका भारतीय नागरिकले घरटहरा, शौचालयजस्ता संरचना निर्माण गरेका छन् । जोगबनीसँग जोडिएको दशगजा क्षेत्रमा भारतीयका एक सयभन्दा बढी घरटहरा छन् । धेरैले घेराबारसहितको घरभित्रै शौचालय निर्माण गरेका छन् भने केहीले कपडाले बेरेर अस्थायी शौचालय बनाएका छन् । शगजा क्षेत्रमा बनाइएका संरचनाका कारण नेपाल भारत सीमा…
Read More
श्रीलङ्कामा तमिल विद्रोहीसँग लडेका नेपाली: कसैलाई वीरचक्र, कसैलाई जीवनभरिका लागि चोट

श्रीलङ्कामा तमिल विद्रोहीसँग लडेका नेपाली: कसैलाई वीरचक्र, कसैलाई जीवनभरिका लागि चोट

"...रेम्बो, रेम्बो... एलएमजी टु... !" तीन दशक बितिसक्यो तर आँखा लोलाएका बेला अहिले पनि देवभक्त राई (५६) का कानमा यी शब्दहरू गुञ्जिरहन्छन्। चाहेर पनि उनी आफ्ना कानमा अन्तिम पटक ती शब्द गुञ्जिएको २३ मे १९८९ को दिनलाई बिर्सन सक्दैनन्। "आफैँमा घटेको घटना त जीवनभरि याद रहने रहेछ," उनी भन्छन्। घटना लडाइँको मैदानको हो। तर उनी आफ्नै देशमा वा आफ्नै देशका खातिर लड्दै थिएनन्। न त उनी जुन देशको सेनामा भर्ती भएका थिए, त्यसको सीमा रक्षाका लागि नै लडाइँमा होमिएका थिए। ३२ वर्षअघिको घटना सम्झिँदा अहिले पनि उनलाई "त्यो अनाहकको लडाइँ" थियो जस्तो लाग्छ। "त्यहाँ गएर न हामीले कुनै उपलब्धि पायौँ…
Read More
प्रचण्ड किन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन होस् भन्ने चाहन्छन्

प्रचण्ड किन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन होस् भन्ने चाहन्छन्

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालन र सत्तारूढ दलहरूबीच समन्वयन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्। सरकारलाई नीतिगत सहयोगहरू गर्न र गठबन्धनमा रहेका सबै दलहरूलाई विश्वासमा लिनका लागि त्यस्तो संयन्त्र बनाउनुपर्ने धारणा प्रचण्डले राखेको नेकपा माओवादी केन्द्रका एक नेताले बीबीसीलाई बताए। मङ्गलवार प्रधानमन्त्री देउवा र गठबन्धनका अन्य नेताहरूसँग प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन र सरकार विस्तारसहितका विषयमा छलफल गरेका थिए। संविधानले नचिन्ने भएकाले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनप्रति प्रधानमन्त्री देउवाको दल नेपाली काङ्ग्रेसका कैयौँ नेता अनिच्छुक छन्।
Read More
कोभिड नेपाल: सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या ‘केही सातादेखि स्थिर’ रहनुको कारण के होला?

कोभिड नेपाल: सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या ‘केही सातादेखि स्थिर’ रहनुको कारण के होला?

स्वास्थ्य अधिकारी र विज्ञहरूले केही सातादेखि नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या "स्थिर अवस्थामा रहेको" बताएका छन्। उनीहरूका भनाइमा यो अवस्थाले "नेपालमा कोरोनाभाइरसको जोखिम कम नभएको र कुनै पनि बेला फेरि सङ्क्रमणको दर उकालो लाग्नसक्ने" जोखिम रहेको देखाएको छ। यद्यपि त्यसका लागि भाइरसको भेरिअन्ट र स्वास्थ्य मापदण्ड पूरा गरिएको वा नगरिएको कुराले महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरू बताउँछन्। कोभिड नियन्त्रणका लागि सरकारका तर्फबाट लगाइएका अधिकांश प्रतिबन्धहरू हटाइएकाले सबैलाई विशेष सतर्कता अपनाउन पनि अधिकारीहरूले आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार गएका केही सातादेखि नेपालमा कोभिडका गम्भीर बिरामीको सङ्ख्यामा खासै कमी आएको देखिँदैन। मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा…
Read More
देउवा प्रधानमन्त्री भएको तीन दिन भयो, मोदी गरेनन् टेलिफोन, दिएनन् बधाई

देउवा प्रधानमन्त्री भएको तीन दिन भयो, मोदी गरेनन् टेलिफोन, दिएनन् बधाई

 नेपालमा प्रधानमन्त्री नियुक्ति भएर सरकारी निवासमा पुग्न नपाउँदै टेलिफोन गरी बधाई तथा शुभकामना व्यक्त गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यस पटक मौन बसेका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन दिन हुँदा पनि उनले कुनै माध्यमबाट बधाई दिएका छैनन्। यसअघि २०७४ जेठ २३ गते देउवा प्रधानमन्त्री नियुक्त भएकै दिन मोदीले बधाई दिएका थिए।
Read More
फैसलाको विरोध र ओलीको समर्थनमा तातेको सडक

फैसलाको विरोध र ओलीको समर्थनमा तातेको सडक

भारतीय युवा गजलकार शकील आज्मीको एउटा चर्चित शेरले भन्छ– ‘तमाशा गर्दागर्दा म आफैं तमाशा बन्न पुगेँ ।’ केपी ओलीको समर्थनमा पाँच वर्षदेखि सडक तताउने युवाहरू सोमबार आफैं तमाशा बन्न पुगेको देखिन्थ्यो । सर्वोच्च अदालतको फैसलालाई मात्र होइन न्यायाधीशहरूलाई ‘विदेशी दलाल’ करार गर्दै उनीहरूले प्रधानन्यायाधीशको पुत्ला जलाए । आइतबार साँझ नै शान्तिनगरमा केपी ओलीको पक्षमा शक्ति–प्रदर्शन गरेका युवा संघ नेपालका नेता–कार्यकर्ता सोमबारको फैसलापछि सडक तताउन तम्तयार थिए । बिहानैदेखि राजधानीका मुख्य चोकमा जम्मा भएर फैसला कुरिरहेका उनीहरू एक बजेदेखि साँझसम्म सडकमै थिए । युवा संघका एक नेताले अनलाइनखबरलाई बताएअनुसार आइतबारदेखि नै सडक तताउने योजना बनिसकेको थियो । विशेष गरेर युवा संघ…
Read More